

-
काठमाडौं । नेपाल प्रहरीको उच्च नेतृत्व तहमा एकैपटक ठूलो संख्यामा अधिकारीहरू अवकाशमा जाने भएका छन्। आगामी पुस ५ गते पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी) र तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) अनिवार्य अवकाशमा जाने भएपछि प्रहरी संगठनको नेतृत्व तहमा फेरबदल हुने भएको छ।
२०५३ पुस ५ गते प्रहरी सेवामा प्रवेश गरेको टोलीका अधिकारीहरू ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका हुन्। उनीहरूलाई यसअघि नै आगामी पुस ५ गतेबाट अवकाश हुने जानकारी गराइसकिएको छ। प्रहरी किताबखानाले अवकाशको एक महिनाअघि नै सम्बन्धित अधिकारीहरूलाई अवकाशपत्र बुझाउने व्यवस्था रहेकाले अबको केही दिनमै उनीहरूले अवकाशको पत्र प्राप्त गर्नेछन्।
अवकाशमा जाने एआईजीहरूमा सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन्।
हाल प्रदेश समन्वय विभागमा कार्यरत शाहसँगै उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख राठौर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख चतुर्वेदी पनि अवकाशमा जानेछन्। त्यसैगरी, कार्यविभाग प्रमुख हिमालयकुमार श्रेष्ठ र प्रशासन विभाग प्रमुख डम्बरबहादुर विकसमेत आगामी पुस ५ गतेबाट सेवाबाट बाहिरिनेछन्।
नेपाल प्रहरीमा प्राविधिकतर्फको एक दरबन्दीबाहेक आठ जना एआईजीको दरबन्दी रहेको छ। पाँच जना एआईजी एकैपटक अवकाशमा गएपछि पुस ५ गतेबाट प्रहरीको उच्च नेतृत्व तहमा तीन जना मात्रै एआईजी रहनेछन्।
एआईजीसँगै सोही भर्ना टोलीका तीन जना डीआईजी पनि अनिवार्य अवकाशमा जाने भएका छन्। अवकाश हुने डीआईजीहरूमा ओम राना, दिलिपनाथ देउवा र सुरेन्द्र गुरुङ रहेका छन्।
२०५३ ब्याचका अधिकारीहरू अवकाशको चरणमा पुग्दै गर्दा २०५४ ब्याचका प्रहरी अधिकारीहरूबीच भने नेतृत्व र अवसरलाई लिएर आन्तरिक प्रतिस्पर्धा चर्किएको छ। २०५४ चैतसम्म प्रहरी सेवामा रहने यो टोलीसँग अझै करिब १७ महिनाको सेवा अवधि बाँकी छ।
News Desk 0 response मङ्लबार, कार्तिक १८, २०८३

सम्बन्धित शीर्षकहरु
-
एनपीएल : लुम्बिनी शीर्ष स्थानमा उक्लियो, पोखरा..
मङ्लबार, कार्तिक १८, २०८३ -
यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक
मङ्लबार, कार्तिक १८, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
एनपीएल : चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमको..
सोमवार, कार्तिक १७, २०८३ -
मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ
सोमवार, कार्तिक १७, २०८३
-
यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक
मङ्लबार, कार्तिक १८, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
एनपीएल : चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमको..
सोमवार, कार्तिक १७, २०८३ -
मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ
सोमवार, कार्तिक १७, २०८३ -
विवादित न्यायाधीशमाथि छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको..
सोमवार, कार्तिक १७, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


