

-
काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएयता ४ सचिवसहित ४६४ जना निजामती कर्मचारीले पदबाट राजीनामा दिएका छन्।
राष्ट्रिय किताबखाना (निजामती) का अनुसार गत साउन १ गतेदेखि कात्तिक १० गतेसम्म विभिन्न तहका कर्मचारीले राजीनामा दिएका हुन्।
किताबखानाका अनुसार राजीनामा दिनेमा २०७ जना राजपत्राङ्कित र २५७ जना राजपत्र अनङ्कित कर्मचारी रहेका छन्।
राजीनामा दिने राजपत्राङ्कित कर्मचारीमध्ये ४ जना सचिव, ३३ जना सहसचिव, ७२ जना उपसचिव र ९८ जना शाखा अधिकृत तहका छन्। त्यस्तै, राजपत्र अनङ्किततर्फ १३७ जना खरिदार तथा नायब सुब्बा तहका र १२० जना श्रेणीविहीन कर्मचारीले राजीनामा दिएका छन्।
सरकारले प्रतिनिधिसभामा दर्ता गरेको निजामती कर्मचारी विधेयकमा प्रस्ताव गरिएको व्यवस्थासँगै कर्मचारीको राजीनामाको विषय चर्चामा आएको छ। विधेयकमा व्यवस्था भएअनुसार कार्यान्वयनमा आउने समयमा पहिलो पटक ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीले राजीनामा दिनुपर्ने प्रावधान प्रस्ताव गरिएको छ।
किताबखानाका अनुसार राजीनामा दिने कर्मचारीहरूले पत्रमा घरायसी कारण उल्लेख गरेका छन्। यद्यपि, प्रस्तावित विधेयकको व्यवस्थाले पनि कर्मचारीको राजीनामासँग सम्बन्धित बहसलाई थप चासोको विषय बनाएको छ।
राजीनामा दिएका सबै ४६४ कर्मचारीको राजीनामा सरकारले स्वीकृत गरिसकेको राष्ट्रिय किताबखानाले जनाएको छ।
News Desk 0 response मङ्लबार, कार्तिक ११, २०८३

सम्बन्धित शीर्षकहरु
-
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३ -
तिहारमा काठमाडौंमा ५२ लाख फूलका माला खपत..
मङ्लबार, कार्तिक ११, २०८३
-
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३ -
तिहारमा काठमाडौंमा ५२ लाख फूलका माला खपत..
मङ्लबार, कार्तिक ११, २०८३ -
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
मध्यपूर्वमा तनाव थप चर्कियो
सोमवार, कार्तिक १०, २०८३ -
एनपीएल : साबिक विजेता लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई..
सोमवार, कार्तिक १०, २०८३


