

-
युरोपेली युनियन (ईयु) र चीन बीचको समान खरिद बिक्रीको विवादले व्यापार युद्धको रुप लिने संघारमा पुगेको छ ।
यही विवादको बीच समस्या समाधानको लागि भन्दै युरोपेली युनियनको टोली चीन पुगेको छ । तर, चीन भने उनीहरुका प्रस्ताव स्वीकार गर्ने पक्षमा छैन । त्यसैले यो विवादले ब्यापार युद्ध तर्फ अगाडी बढ्ने देखिन्छ ।
ईयु र चीनबीच व्यापार युद्धको अवस्था सृजना हुनुका धेरै कारणहरु छन् । पछिल्लो समयमा मुख्य कारण भने विद्युतिय सवारी साधन (ईभी) लाई मानिएको छ । यदी यो युद्ध शुरु भयो भने त्यसले केवल चीन र युरोपेली देशलाई मात्र असर पार्ने छैन, विश्वभरको यातायात उद्योग प्रभावित हुनेछ । तर, त्यो प्रभाव कति गहिरो हुनेछ भन्ने बारेमा अहिले नै अनुमान गर्न कठिन छ ।
चिनियाँ कम्पनीहरू सस्तो मूल्यमा इलेक्ट्रिक र हाइब्रिड गाडी लिएर युरोपेली बजारमा प्रवेश गरिरहेका छन्। युरोपले चिनियाँ इलेक्ट्रिक गाडीमाथि अनुदान विरोधी शुल्क लगाएपछि चिनियाँ कम्पनीहरूले हाइब्रिड गाडीमा आफ्नो उपस्थिति बढाएका छन्।
पछिल्लो एक वर्षमा युरोपमा चिनियाँ गाडीको आयात ८६ प्रतिशतले बढेको छ। त्यसमाथि मूल्य पनि घटिरहेको छ। युरोपका लागि यो केवल उपभोक्ताले सस्तो गाडी पाउनुको विषय होइन। यो आफ्नो उद्योग जोगाउने विषय हो।
जर्मनीलाई हेर्ने हो भने यसको अर्थ अझ गम्भीर हुन्छ। कार उद्योग त्यहाँ केवल एउटा व्यवसाय होइन, त्यो ठूलो औद्योगिक रोजगारी, आपूर्ति शृंखला र निर्यात अर्थतन्त्रको आधार हो।
त्यसैले युरोपको प्रश्न छ—चिनियाँ गाडी उपभोक्तालाई सस्तो लागे पनि यदि त्यसले युरोपेली कारखाना बन्द गरायो भने त्यसको दीर्घकालीन मूल्य कसले तिर्ने ? यही प्रश्नले अहिले व्यापार नीतिलाई संरक्षणवादतर्फ धकेलिरहेको छ।
युरोप र चीनबीचको व्यापार घाटा अहिले वार्षिक ३६० अर्ब युरोभन्दा माथि पुगेको छ। अर्थात् औसतमा दैनिक एक अर्ब युरोभन्दा बढीको व्यापार घाटा। सन् २०२५ मा मात्रै युरोपेली संघले चीनबाट करिब ५७१ अर्ब युरोका सामान आयात गरेको थियो। मेसिनरी, कपडा, धातु, रसायनदेखि विद्युतीय तथा हाइब्रिड गाडीसम्म चिनियाँ सामानको युरोपेली बजारमा उपस्थिति बढ्दै गएको छ।
युरोपका लागि समस्या चिनियाँ सामान धेरै आउनु मात्रै होइन। समस्या त्यतिबेला गम्भीर बन्छ, जब उसले आफ्नै कारखाना, रोजगारी र औद्योगिक क्षमतामाथि त्यसको असर देख्न थाल्छ। यही कारण अहिले ब्रसेल्स र बेइजिङबीचको सम्बन्ध एउटा निर्णायक मोडमा पुगेको छ।
युरोपेली केन्द्रीय बैंकको विश्लेषणले पनि चीनको निर्यात बलियो रहनुको पछाडि कमजोर घरेलु माग, अतिरिक्त उत्पादन क्षमता, प्रतिस्पर्धी मूल्य र उत्पादन क्षमताको विस्तारजस्ता संरचनात्मक कारण रहेको देखाउँछ। अमेरिकी बजारमा चिनियाँ निर्यात सन् २०२५ मा २० प्रतिशत घट्दा पनि युरो क्षेत्रतर्फ चिनियाँ निर्यात करिब ८ प्रतिशत, आसियानतर्फ १३ प्रतिशत र अफ्रिकातर्फ २६ प्रतिशत बढेको थियो।
यसको अर्थ अमेरिकाले चीनका लागि ढोका साँघुरो बनाए पनि चीनको कारखाना रोकिएको छैन। उसले अरू ढोका खोजिरहेको छ। र युरोपलाई डर यही कुराको छ। अहिले युरोपेली व्यापार आयुक्त म्यारोस सेफकोभिक बेइजिङ पुगेका छन् । उनको भ्रमण एक मात्र उद्देश्य हो—व्यापार युद्ध सुरु हुनुअघि सम्झौताको बाटो खोज्नु ।
युरोपले चिनियाँ हाइब्रिड गाडीको आयातमा सीमा तोक्ने प्रस्ताव अघि सारेको छ। रिपोर्टअनुसार ईभी ले हाइब्रिड गाडीको बजार हिस्सा करिब १५ प्रतिशत वरिपरि सीमित गर्न खोजिरहेको छ। अहिले कतिपय क्षेत्रमा चिनियाँ हिस्सा त्यसको तीन गुणाभन्दा बढी पुगिसकेको छ। तर चीनले स्वेच्छिक रूपमा निर्यात सीमित गर्ने प्रस्ताव अस्वीकार गरेको छ। बेइजिङको तर्क छ—यस्तो व्यवस्था व्यापारका सामान्य नियम र विश्व व्यापार संगठन (ईभी) का सिद्धान्तसँग मेल नखान सक्छ। चीनको अस्वीकारपछि युरोपसँग अब दुई बाटा छन् ।
सम्झौता गर्ने वा थप शुल्क र अन्य व्यापारिक अवरोध लगाउने। दोस्रो बाटो रोजियो भने चीनले पनि युरोपेली सामानमाथि जवाफी कदम चाल्न सक्छ। त्यसपछि यो विवाद कारबाट सुरु भएर स्टिल, रसायन, कृषि उत्पादन, प्रविधि र महत्त्वपूर्ण खनिजसम्म पुग्न सक्छ । तर असली प्रश्न यहाँबाट सुरु हुन्छ ।
मानौं युरोपले चिनियाँ सामान रोक्न थाल्यो । अमेरिकाले पनि चीनका सामानमा ठूलो व्यापारिक अवरोध खडा गरिसकेको छ । त्यसपछि चीनको विशाल उत्पादन क्षमता कहाँ जान्छ ? यही प्रश्नले विश्व अर्थतन्त्रको अर्को सम्भावित परिवर्तनतर्फ संकेत गर्छ।
चिनियाँ सामानका लागि वैकल्पिक बजार खोजिनेछ। आसियान, अफ्रिका, ल्याटिन अमेरिका, दक्षिण एसिया र मध्यपूर्व त्यसका सम्भावित गन्तव्य बन्न सक्छन्।
News Desk 0 response बिहिबार, अशोज २२, २०८३

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


