-
काठमाडौं : बेलायतको दक्षिण वेल्समा डढेलो नियन्त्रणमा गोर्खा सैनिकलाई खटाइएको छ । डढेलो नियन्त्रणमा उनीहरूले ‘अभूतपूर्व काम’ गरेको भन्दै अहिले बेलायतमा उनीहरूको प्रशंसा गरिएको छ ।
मुख्य अग्नि नियन्त्रण अधिकृत फिन मोनाहानले वेल्स फायर एन्ड रेस्क्यु सर्भिस अत्यधिक दबाबमा रहेको बेला मदतको लागि आएको सेनाले अभूतपूर्व कार्य गरेको भन्दै प्रशंसा गरेका हुन् ।
वेल्समा लागेको डढेलो नियन्त्रण गर्न ‘क्विन्स ओउन गोर्खा लजिस्टिक रेजिमेन्ट’का करिब २०० जना गोर्खा सैनिक, २२ रोयल इन्जिनियर्स, रोयल लजिस्टिक्स कर्प्स र सेनाका हेलिकोप्टरहरूको सहयोग लिइएको थियो ।
मोनाहानले डढेलो नियन्त्रण गर्न आफ्ना अग्नि नियन्त्रकहरूसँग अत्यन्तै विशिष्ट सीपहरू रहेको र गोर्खा सैनिकको सहायताले ती सबै सीपलाई सही ठाउँमा केन्द्रित गर्न सक्षम बनाएको जनाएका छन् ।
सैनिकहरूले अग्नि नियन्त्रक र विशेषज्ञ उद्धारकर्ताहरूलाई पानी उपलब्ध गराउनेदेखि बन्दोबस्ती (लजिस्टिक) सहयोगमा सघाएका थिए ।
मोनाहानले सैनिकहरूले खाडल खन्ने र अग्नि रोधक रेखा बनाउन मदत गरेर अत्यन्तै अभूतपूर्व काम गरेको बताएका छन् ।
दक्षिण वेल्समा आइतबार करिब १४ वटा छुट्टाछुट्टै आगोका घटना नियन्त्रण गर्ने प्रयास भएको थियो । बीबीसी
News Desk 0 response आइतवार, साउन ३१, २०८३

सम्बन्धित शीर्षकहरु
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३