

-
दमौली । तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले यही फागुन १ गतेदेखि सबै वडामा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको हो ।
नगरपालिकालाई वातावरणमैत्री बनाउने उद्देश्यले प्लास्टिकको झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । नगरपालिकाले सात वर्षअगाडि कालो प्लास्टिकमुक्त नगर घोषणा गरिसकेको छ । कम्पनीबाट नै सामान प्याकिङ भएर आउने प्लास्टिकलाई तत्काल प्रतिबन्ध लगाउन सक्ने अवस्था नभए पनि बजार क्षेत्रमा खरिद गर्ने सामान राख्न प्लास्टिकको झोलालाई प्रतिबन्ध लगाउने गरी नगरपालिकाले गत वर्षको परिषद्बाट नै निर्णय गरेको र सोही निर्णयलाई कार्यान्वयनमा ल्याइएको नगरपालिकाका सरसफाइ उपशाखाका प्रमुख भाग्यशाली ढुङ्गानाले जानकारी दिनुभयो ।
प्लास्टिक झोला निषेधको पूर्वतयारीअन्तर्गत गत मङ्सिरमा नगरपालिकाका १४ वटै वडाका २८ जनालाई कागज र कपडाको झोला बनाउने तालीम प्रदान गरिएको थियो । तालीमका सहभागीले कागज र कपडाको झोला बनाएर बिक्रीका लागि राखिसकेका हुँदा तत्काल प्लास्टिकको झोलाको विकल्प तयार भएको ढुङ्गानाले बताउनुभयो । विशेषगरी मासु र तरकारी खरिदका क्रममा प्लास्टिकको झोला बढी प्रयोग हुने हुँदा सम्बन्धित व्यवसायीलाई पनि त्यसको विकल्प खोज्न आग्रह गरिएको छ ।
मासु खरिदमा तीन वटासम्म प्लास्टिकका झोला प्रयोग भएको अनुगमनमा देखिएकाले अब मासु खरिदमा कागजको झोला प्रयोग गर्न व्यवसायीलाई नगरपालिकाले जनाएको छ । मासु व्यवसायी समितिका सचिव गणेश बास्तोलाले प्लास्टिकको झोलालाई प्रतिबन्ध लगाउँदा उपभोक्तालाई थप भार पर्ने बताउनुभयो । व्यवसायीले नै कागज वा कपडाको झोलामा मासु वा तरकारी दिन नसकिने हुँदा त्यस्तो झोला सम्बन्धित उपभोक्ताले नै ल्याउनुपर्ने उहाँको भनाइ छ । रासस
News Desk 0 response शनिबार, फाल्गुन १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३
-
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३



