

-
काठमाडौं : घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ ।
नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१ ओभर २ बलमा १९५ रन बनाउँदा सबै विकेट गुमायो । अमेरिकाका सञ्जय कृष्णमूर्तिले ५६ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ तथा ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, गुल्शन झाले २/२ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनायो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो । यसअघि सन् २०२३ मा नेपालले ओमानसँगको खेलमा ३१० रन बनाएको थियो ।
आजको खेलमा नेपालका ईशान पाण्डेले ८४, दीपेन्द्रसिंह ऐरीले ५९, कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३ रन बनाए । अमेरिकाका शुभम् रन्जनेले ३ विकेट लिए । यही शृङ्खलाबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका ईशानको यो लगातार दोस्रो अर्धशतक हो ।
कीर्तिपुरमा भएको लिग–टु शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी थिए । नेपाल पहिलो खेलमा स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ९ विकेट, तेस्रो खेलमा फेरि स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो ।
लिग–टु तालिकामा नेपाल २८ खेलमा २४ अङ्कसहित पाँचौँ स्थानमा छ । अमेरिका २८ खेलमा ३८ अङ्कसहित शीर्ष र स्कटल्यान्ड ३२ खेलमा ३८ अङ्कसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।
लिग–टुको घरेलु शृङ्खलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो । नेपालले ८ खेलमा ६ मा जीत हासिल गर्यो । यसअघि ओमान र संयुक्त अरब इमिरेट्स ९यूएई० सँगको शृङ्खलामा पनि नेपालले ४ खेलमा ३ मा जीत हासिल गरेको थियो ।
News Desk 0 response शुक्रबार, जेष्ठ ८, २०८३

सम्बन्धित शीर्षकहरु
-
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
गर्मी बढ्यो : पश्चिम नेपालमा ४० डिग्री..
शुक्रबार, जेष्ठ ८, २०८३ -
नेपालले अमेरिकालाई १२२ रनले हरायो
शुक्रबार, जेष्ठ ८, २०८३ -
जेठ १४ गते बकर ईद, सार्वजनिक बिदा..
शुक्रबार, जेष्ठ ८, २०८३ -
अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू
बिहिबार, जेष्ठ ७, २०८३
-
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
गर्मी बढ्यो : पश्चिम नेपालमा ४० डिग्री..
शुक्रबार, जेष्ठ ८, २०८३ -
नेपालले अमेरिकालाई १२२ रनले हरायो
शुक्रबार, जेष्ठ ८, २०८३ -
जेठ १४ गते बकर ईद, सार्वजनिक बिदा..
शुक्रबार, जेष्ठ ८, २०८३ -
अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू
बिहिबार, जेष्ठ ७, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
काठमाडौंमा भूकम्पको धक्का
बुधबार, बैशाख ३०, २०८३ -
१६ वर्षमा १५ जलबिद्युत आयोजना, लगानीकर्तालाई नाफा..
बिहिबार, बैशाख ३१, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३



