

-
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार उकालो लागिरहेको बजारले आज झण्डै ३० अङ्कले वृद्धि भई नयाँ उचाइ कायम गरेको हो । नेपाल स्कटक एक्स्चेन्जका अनुसार २९.३२ अङ्कले बढेर एक हजार ४३४.५७ मा पुगेको छ । नेप्सेको वृद्धि प्रतिशतका आधारमा २.०९ हो । यस्तै सेन्सेटिभ परिसूचक ४.५० अङ्कले वृद्धि भई ३००.४४ मा पुगेको छ ।
नेप्से उच्च अङ्कले वृद्धि हुँदा त्यसको प्रभाव कारोवार रकममा समेत परेको छ । कूल १८० कम्पनीका ५८ लाख २९ हजार ५१० कित्ता शेयर रु दुई अर्ब ७८ करोड ५० लाख चार हजार ९०८ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ मध्ये दुई उपमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर बढेको छ ।
व्यापार ९.८५ र सामूहिक लगानी कोष ०.०४ ले घट्दा बैंकिङ ७.९, होटल ४९.२७, विकास बैंक १०.०४, जलविद्युत् १३.९२, वित्त ६.४२, निर्जीवन बीमा ३७४.०१, उत्पादन ९७.२६, अन्य ९.०३, लघुवित्त १५९.३२ र जीवन बीमा ३८५.३९ अङ्कले वृद्धि भएको छ । नेप्सेका अनुसार कारोवारका आधारमा आज शिवम् समेन्ट लिमिटेड शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु १७ करोड दुई लाख १३ हजार ९५ मा कारोवार भयो ।
त्यस्तै हिमालयन डिस्ट्रिलरीको रु १२ करोड २२ लाख ६७ हजार ८६९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु १२ करोड १५ लाख एक हजार ७९८, गरिमा विकास लघुवित्तको रु ११ करोड एक लाख २६ हजार ५२४, शिखर इन्स्योरेन्सको रु १० करोड ६३ लाख ९१ हजार ७५२ र नेको इस्योरेन्स कम्पनीको रु आठ करोड ३० लाख पाँच हजार ९८५ को कारोवार भयो ।
नेप्सेका अनुसार बोटलर्स नेपाल तराई ९.९९, फस्ट माइक्रोफाइनान्स ९.९८, एनएमबी माइक्रोफाइनान्स ९.९८, कालिका माइक्रोक्रेडिट ९.९५, मेरो माइक्रोफाइनान्स ९.९४, स्वाभिमान लघुवित्त ९.९३ र आरएसडिसी लघुवित्तका शेयरधनीले ९.९० प्रतिशतले कमाए । यस्तै राधी विद्युत् कम्पनी ४.३९, समृद्धि फाइनान्स ३.७०, नबिल इक्विटी फण्ड २.८१, सपोर्ट माइक्रोफाइनान्स २.६७, साल्टट्रेडिङ कर्पोरेशन १.८९ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले १.८८ प्रतिशतले गुमाए । रासस
News Desk 0 response बिहिबार, फाल्गुन ८, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३
-
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३



