

-
काठमाडौँ । ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउने उद्देश्यले आयोजित ‘दशौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०७६’ यही फागुन १६ गतेदेखि शुरु हुने भएको छ ।
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारासहित एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गर्ने सो मेला यही फागुन २५ गतेसम्म सञ्चालन हुनेछ । ग्रुपले आज यहाँ पत्रकार सम्मेलन गरी मेलामा नेपालसहित इस्टोनिया, बङ्गलादेश, श्रीलङ्का, डेनमार्क, इजरायल, भारत र मलेसियालगायतका देशबाट विभिन्न सांस्कृतिक समूहका २५० भन्दाबढी कलाकारले भाग लिने जानकारी दिएको छ ।
मेला अवधिभर कलाकारले आआफ्नो संस्कृति झल्कने वेषभूषा लगाई सांस्कृतिक झाँकी प्रस्तुत गर्ने र आ–आफ्नो देशको लोकगीत, सङ्गीत र लोक नृत्य प्रस्तुत गर्ने मेलाका संयोजक रामचन्द्र कोइरालाले जानकारी दिनुभयो । मेला काठमाडौँ, ललितपुर, पोखरा, जस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा आयोजना गरिनेछ । मेलाबाट देशका विविध संस्कृति, पुरातत्विक र अन्य पर्यटकीयस्थलको मात्र नभई सम्पूर्ण नेपालकै विश्वसामु प्रचारप्रसार हुनसक्ने अपेक्षा गरिएको छ । रासस
News Desk 0 response बिहिबार, फाल्गुन ८, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३
-
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३



