

-
मध्यपूर्व युद्धका बाबजुद चीनको आर्थिक वृद्धि अपेक्षाभन्दा राम्रो देखिएको छ । विश्वभरका देशहरूले इरान र अमेरिका–इजरायल युद्धको प्रभाव महसुस गरे पनि यस वर्षको पहिलो तीन महिनामा चीनको आर्थिक वृद्धि ५ प्रतिशत देखिएको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
अर्थशास्त्रीहरूले आर्थिक वृद्धि ४ दशमलव ८ प्रतिशत हाराहारी हुने अनुमान गरेका थिए । मध्यपूर्वमा गएको फेब्रुअरी २८ मा शुरू भएको युद्धले विश्वव्यापी ऊर्जा आपूर्तिलाई गम्भीर रूपमा अवरुद्ध पारेको छ जसमा एशियाली देशहरू विशेषगरी नराम्ररी प्रभावित भएका छन् ।
चीनले यस वर्ष समग्र आर्थिक वृद्धि साढे ४ देखि ५ प्रतिशत हुने अनुमान गरेको छ । यो अनुमान सन् १९९१ पछिको सबैभन्दा कम हो ।
सत्तारूढ कम्युनिस्ट पार्टीले कमजोर उपभोग, घट्दो जनसङ्ख्या र लामो समयदेखि सम्पत्ति सङ्कटलगायत धेरै समस्याहरूसँग सङ्घर्ष गरिरहेको देशको अर्थतन्त्रलाई पुनः आकार दिन खोजिरहेको छ ।
चीनले नवप्रवर्तन, उच्च–प्रविधि उद्योग र घरेलु खर्च बढाउने प्रयासहरूमा ठूलो लगानी गर्ने वाचा पनि गरेको छ ।
मध्यपूर्व युद्धबाट नराम्ररी प्रभावित जापान र दक्षिण कोरियाजस्ता अन्य प्रमुख एशियाली देशहरूको तुलनामा चीन खाडीको तेलमा कम निर्भर छ । तर इन्धनको मूल्य बढेपछि केही चिनियाँ एअरलाइन्सले उडानहरू कटौती गरेका छन् ।
मध्यपूर्व युद्धले निम्त्याएको मूल्यवृद्धिका कारण विश्वभरका उपभोक्ताहरू खर्च गर्न कम इच्छुक भएमा चीनको निर्यातलाई असर गर्न सक्ने अस्ट्रेलियन नेशनल युनिभर्सिटीका अर्थशास्त्रका व्याख्याता यिक्सियाओ झोउले बताउनुभएको छ ।
चीनले मध्यपूर्व युद्ध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिहरूसहित विश्वव्यापी व्यापार तनावका कारण ऊर्जा सङ्कटको सामना गरिरहेको छ ।
News Desk 0 response बिहिबार, बैशाख ३, २०८३

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



