

-
डोटी । महिलाले नेतृत्व गरेका महिला सहकारी संस्थाका कारण यहाँका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था पछिल्लो समय महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका छन् । घरको काम र घाँसपातमा व्यस्त हुने प्राय यहाँका महिला गाउँगाउँमा सहकारी खुलेपछि अहिले आफ्नो परिवारका लागि रकम जम्मा गर्न थालेका छन् ।
सहकारी संस्थाका कारण यहाँका अधिकांश महिला पछिल्लो समय बेफुर्सदिलासमेत हुन थालेका छन् । महिलाको लगनशीलता तथा मेहनतका कारण यहाँका सहकारी क्रमिकरुपमा फलदायी तथा नाफामुखी बन्दै गएका हुन् । महिलाले सञ्चालन गरेका सहकारीका कारण यहाँका दजनौँ स्थानीय महिलाले गाउँमै रोजगारीसमेत पाएको जोरायल गाउँपालिका वडा नं ५ की स्थानीय तुलसी शाहीले बताउनुभयो ।
विसं २०६९ मङ्सिर १० गते २९ महिलाले रु १०० को शेयर सङ्कलन गरेर साविकको डौड गाविस (हाल सायल गाउँपालिका) मा लगनशील महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना गर्नुभयो । हाल उक्त सरकारी संस्थामा सायल गाउँपालिकाका मात्रै कम्तीमा पनि ६०० महिला आबद्ध छन् ।
महिला मात्रै आबद्ध रहेको उक्त सहकारी संस्थाले रु ८० लाख आफ्नो पूँजी निर्माण गरेको उक्त सहकारी संस्थाका अध्यक्ष सिर्जना डुम्रेलले बताउनुभयो । त्यस्तै जिल्लाकै दिपायल सिलगढी नगरपालिका वडा नं ८ लडागडामा पनि महिला मात्रै आबद्ध रहेको लक्ष्मी महिला बहुद्देश्यीय सरकारी संस्थामा ६३७ जना महिला शेयर सदस्य आबद्ध छन् । उक्त सहकारी संस्थाले छोटो समयमा नै आफ्नो दुई वटा सुविधा सम्पन्न भवन निर्माण गरेको अध्यक्ष टङ्का कडायतले बताउनुभयो ।
जोरायल गाउँपालिकामामा रहेको नमूना सहकारी संस्था पनि महिलाले नै शुरु गरेका हुन् । उक्त सहकारीको हाल कूल पूँजी रु एक करोड पुगेको गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहराले बताउनुभयो । जिल्लामा महिलाद्वारा खोलिएका सहकारी संस्थामार्फत महिला सशक्तीकरणका साथै आर्थिक स्थितिमा समेत विगतको तुलनामा निकै सुधार आएको जोरायलका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।
‘सबैका लागि प्रत्येकका लागि सहकारी’ भन्ने मूल मन्त्रका साथ जिल्लाभरिमा सहकारी संस्था स्थापना भएका कारण यहाँका विपन्न नागरिकको साथी सहकारी भएको सामुदायिक विकासमञ्च नेपालका सहकारी विकास अधिकृत कृष्णराज जोशीले बताउनुभयो । सहकारीसम्बन्धी हेर्ने छुट्टै कर्मचारी नहुँदा सहकारीको नियमित अनुगमनको काम प्रभावकारी हुन नसकेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । रासस
News Desk 0 response बिहिबार, फाल्गुन ८, २०७६

सम्बन्धित शीर्षकहरु
साढे ९ खर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई
आइतवार, कार्तिक १६, २०८३-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


