

-
चितवन । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भरतपुर महानगरपालिकाले कार र्याली आयोजना गर्ने भएको छ । महानगरको पर्यटन प्रवद्र्धन गर्ने ध्येयले यही फागुन १० गते ‘भरतपुर–लुम्बिनी कार ¥याली’ आयोजना हुन लागेको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
‘चितवन घुम्न जाउँ ’भन्ने सन्देश दिन र्याली आयोजना गर्न लागिएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । बुटवल र भरतपुर नगरको पर्यटन प्रवद्र्धन गर्न कार्यक्रम प्रभावकारी हुने प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताउनुभयो । र्यालीमा १५० कार सहभागी हुने अपेक्षा गरिएको छ । पर्यटकीय गन्तव्य प्रचार गर्न खोजिएको पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले जानकारी दिनुभयो । भरतपुर महानगरभित्र २९ वटा मुख्य पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वरब्लक, नारायणी नदीबीच मोडेल तथा चौकीडाँडा महानगरको प्रमुख सात केन्द्र रहेका छन् ।
सङ्घीय सरकारको १०० गन्तव्यमा सूचीकृत बीसहजारी ताल, पटिहानी तथा वाग्मती प्रदेश सरकारको १० पर्यटकीय गन्तव्यमध्ये सूचीकृत मेघौली पनि महानगरभित्रै पर्दछ । महानगरले पर्यटन प्रवद्र्धका लागि चालु आर्थिक वर्षमा ३२ वटा क्रियाकलाप गर्ने योजना बनाएकामध्ये हालसम्म १० वटा कार्यक्रम सम्पन्न भइसकेका छन् । भ्रमण वर्षलाई लक्षित गर्दै महानगरभित्र रहेका पर्यटकीय होटलमा विशेष छुटको कार्यक्रमसमेत शुरु गरिएको छ । रासस
News Desk 0 response बिहिबार, फाल्गुन ८, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३
-
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३



