

-
इनरुवा । यहाँ सम्पन्न दोस्रो संस्करणको गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विराटनगरले प्राप्त गरेको छ । इनरुवा नगरपालिका र प्रतिविम्ब नेपालको संयुक्त आयोजनामा बुधबार सम्पन्न सो प्रतियोगिताको फाइनल खेलमा बिन्दवासिनी फुटबलल क्लब विराटनगरले वीरगञ्ज युनाइटेड बारालाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै सो उपाधि हात पारेको हो ।
इनरुवा खेल मैदानमा टिमका लागि जीत दिलाउन बिन्दवासिनी फुटबल क्लबका खेलाडी सम्राटले निर्णायक गोल गरेका थिए । वीरगञ्ज युनाइटेड बारालाई पराजित गर्ने क्रममा अफ्रिकन मूलका खेलाडी सम्राटले दोस्रो हाफको २८ औँ मिनेटमा गोल गरेका थिए ।
निकै नै प्रतिष्पर्धात्मक खेलमा सम्राटले बाराका खेलाडी र किपरलाई डिबक्समा झुक्याउँदै हेडिङमार्फत गोल गरेका थिए । प्रतियोगिताको उपाधिसँगै विराटनगरले शिल्डसहित नगद रु दुई लाख र उपविजेतामा सीमित बाराले नगद रु एक लाख प्राप्त गरेका थिए ।
विजेता टिम तथा खेलाडीलाई नगरप्रमुख राजन मेहता तथा उपप्रमुख जमुना गौतमसहितले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो । रासस
News Desk 0 response बिहिबार, फाल्गुन ८, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



