

-
कतारका ऊर्जामन्त्रीले खाडी क्षेत्रका सबै तेल तथा ग्यास निर्यातक राष्ट्रहरूले केही दिनभित्रै उत्पादन बन्द गर्न सक्ने चेतावनी दिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको छ।
ऊर्जा मन्त्री साद अल-काबीले ‘फाइनान्सियल टाइम्स’सँग कुरा गर्दै मध्यपूर्वमा जारी द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्ति र ढुवानी मार्गमा गम्भीर अवरोध सिर्जना गरेको बताएका छन्। उनले यो सङ्कटले विश्व अर्थतन्त्रलाई नै धराशायी बनाउन सक्ने चेतावनी दिए। शुक्रवार ‘ब्रेन्ट क्रुड’को मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भई प्रतिब्यारेल ९३ डलर पुगेको छ। यो सन् २०२३ को शरद ऋतुपछिकै उच्च मूल्य हो।
तेलको मूल्यमा भएको यो वृद्धिले सवारी साधनको इन्धनमा मात्र नभई ढुवानी, खाद्यान्न र आयातित वस्तुहरूको लागतमा समेत व्यापक असर पार्ने देखिन्छ। यदि तेल र ग्यासको मूल्य यसरी नै बढिरहने हो भने बेलायत र अमेरिका जस्ता ठूला अर्थतन्त्र भएका देशहरूमा मुद्रास्फीति (महँगी) पुनः बढ्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।
मन्त्री काबीका अनुसार इरानसँगको द्वन्द्व आगामी केही हप्तासम्म जारी रहेमा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्न सक्छ। “यदि यो युद्ध लम्बियो भने विश्वको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि दर नराम्ररी प्रभावित हुनेछ,” उनले भने, “ऊर्जाको मूल्य अकासिने छ, जसका कारण विश्वभर औद्योगिक उत्पादनमा कमी र आपूर्ति शृङ्खलामा ठुलो अवरोध आउनेछ।”
बेलायतमा पेट्रोल र डिजेलको मूल्य बढ्न थालिसकेको छ। शुक्रवार ‘आरएसी’का अनुसार पम्पहरूमा पेट्रोलको मूल्य प्रतिलिटर ३.७ पेन्स र डिजेल ६ पेन्सले बढेको छ। बेलायतको प्रतिस्पर्धा नियामक निकाय ‘द कम्पिटिसन एण्ड मार्केट्स अथोरिटी’ले बजार मूल्यको सूक्ष्म निगरानी गरिरहेको जनाएको छ। यस्तै, घरायसी ऊर्जा बिलहरू पनि जुलाईदेखि बढ्न सक्ने अनुमान गरिएको छ।
हालको सङ्कटलाई सन् २०२२ मा युक्रेनमाथि रुसको आक्रमणपछिको ऊर्जा सङ्कटसँग तुलना गर्न थालिएको छ। यद्यपि, अहिलेको मूल्य वृद्धि २०२२ को उच्च विन्दुभन्दा केही कम नै छ। ‘राइस्टाड इनर्जी’का विश्लेषक जर्ज लियोनले यो अवस्थाले विश्व अर्थतन्त्रमा ‘वास्तविक जोखिम’ निम्त्याएको बताए। उनले भने, “हामी अहिले यस्तो मोडमा छौँ जहाँबाट यो सङ्कट छोटो समयमै समाधान हुन्छ वा ठुलो आर्थिक मन्दीको सुरुवात हुन्छ भन्ने कुरा तय हुनेछ।”
कतार तेल र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को प्रमुख निर्यातक राष्ट्र हो। कतार इनर्जीले आफ्ना सुविधाहरूमा “सैन्य आक्रमण” भएपछि एलएनजी उत्पादन बन्द गरेको घोषणा गरेको छ। कम्पनीले ‘फोर्स मेज्योर’ लागू गर्दै आफ्नो नियन्त्रण बाहिरको परिस्थितिका कारण आपूर्ति गर्न असमर्थ रहेको जनाएको छ। यदि युद्ध रोकियो भने पनि उत्पादनलाई सामान्य अवस्थामा फर्काउन महिनौँ लाग्न सक्ने मन्त्री काबीले बताए।
विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओगट्ने ‘होर्मुज जलडमरूमध्य’अहिले युद्धका कारण लगभग ठप्प छ। यो मार्ग अवरुद्ध हुँदा चीन, भारत र जापान जस्ता ठूला आयातकर्ता देशहरू सबैभन्दा बढी प्रभावित हुनेछन्। संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरेबियासँग वैकल्पिक पाइप लाइनहरू भए तापनि यो मार्ग लामो समय बन्द रहँदा विश्व बजारमा तेलको मूल्य अझै बढ्ने निश्चित छ।
लगानी रणनीतिकार लिन्डसे जेम्सका अनुसार खाडीको उत्पादन ठप्प हुनु “चरम सङ्कट” को अवस्था हो। यस्तो अवस्थामा विश्वभरका सरकारहरूले आफ्नो आपत्कालीन तेल भण्डार (Strategic Reserves) प्रयोग गर्नुपर्ने हुन सक्छ। -जेम्मा क्रू (बिबिसि)
News Desk 0 response आइतवार, फाल्गुन २४, २०८२

सम्बन्धित शीर्षकहरु
-
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवा–भोटेकोशी बाढी : ९३९ जनाको मृत्यु, ३..
सोमवार, भदौ १५, २०८३



