

-
रुस र युक्रेनबीच चार वर्षदेखि चलिरहेको युद्ध अन्त्यका लागि आज अमेरिका र युक्रेनबीच नयाँ चरणको वार्ता शुरु हुँदैछ । जेनेभामा हुने वार्तामा युक्रेनका प्रमुख वार्ताकार रुस्तम उमरोभ र अमेरिकी पक्षबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफ र जारेड कुसनर सहभागी हुने समाचारसंस्था एएफपीले जनाएको छ ।
वार्ता अघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्ता गरेका छन् । जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जेनेभामा हुने द्विपक्षीय बैठकका एजेन्डा र मार्चमा हुने सम्भावित त्रिपक्षीय वार्ताको तयारीबारे छलफल भएको जानकारी दिए ।
युक्रेनी पक्षले दीर्घकालीन सुरक्षा प्रत्याभूति बिना कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने अडान दोहोर्याएको छ । उता वार्ताको तयारी भइरहँदा रुसले युक्रेनमा नयाँ आक्रमणको लहर सुरु गरेको छ । कूटनीतिक पहल थप अघि बढिरहे पनि युद्धभूमिमा हिंसा रोकिने देखिएको छैन ।
अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले यस कार्यकालको सुरुदेखि नै रुस युक्रेन युद्ध रोक्न पहल गरेपनि उपलब्धि प्राप्त भएको छैन । यो युद्धलाई दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक द्वन्द्व मानिन्छ । चार वर्ष अघि सुरु भएको युद्धमा लाखौँ मानिसको ज्यान गएको छ भने विशेष गरी पूर्वी र दक्षिणी युक्रेनका भूभागमा व्यापक विनाश भएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन १४, २०८२

सम्बन्धित शीर्षकहरु
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण :‘सर्वसाधारणलाई जोखिम कम’..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



