

-
काठमाडौं : युरोपेली सङ्घ (ईयू) का नेताहरूले चीन र संयुक्त राज्य अमेरिकाबाट सिर्जित दोहोरो आर्थिक खतराको सामना गर्न युरोपको अर्थतन्त्रलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। भूराजनीतिक झट्का र तीव्र विश्वव्यापी प्रतिस्पर्धाका कारण ठूला शक्तिहरूभन्दा पछाडि परेको युरोपेली अर्थतन्त्रलाई सुधार गर्नु अब अनिवार्य भएको उनीहरूको साझा धारणा छ।
यद्यपि, सुधारका लागि अपनाइने उपायहरूमा भने नेताहरूबीच केही मतभेद देखिएको छ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मर्जले संयुक्त मोर्चा प्रस्तुत गर्न खोजे पनि संयुक्त ऋण र युरोपेली कम्पनीहरूको पक्ष लिने विषयमा उनीहरू सार्वजनिक रूपमा विभाजित देखिएका छन्।
म्याक्रोनले युरोपले चीन र अमेरिकाबाट अनुचित प्रतिस्पर्धाको ुधेरै कडा दबाबु सामना गरिरहेको बताएका छन् भने मर्जले युरोपेली सङ्घलाई छिट्टै सुधार गरी अझ राम्रो बनाउन चाहेको उल्लेख गरेका छन्।
स्विडेन र नेदरल्यान्ड्स जस्ता स्वतन्त्र व्यापारका पक्षधर राष्ट्रहरूले संरक्षणवाद तर्फ नजान चेतावनी दिएका कारण ुयुरोपेली सामान किनौँु भन्ने नीतिमा कडा बहस हुने देखिएको छ। जर्मन चान्सलर मर्जले यस्तो कदमलाई अन्तिम उपायका रूपमा मात्र प्रयोग गर्नुपर्ने धारणा राखेका छन्।
युरोपेली परिषद्का अध्यक्ष एन्टोनिया कोस्टाका अनुसार अहिलेको मुख्य प्राथमिकता निजी लगानीका लागि ढोका खोल्नु हो। युरोपेली कम्पनीहरूले अमेरिकाको तुलनामा पुँजीको पहुँचमा ठूलो चुनौती सामना गरिरहेका छन्, जसले गर्दा आर्थिक वृद्धि कमजोर भएको छ। युरोपको समृद्धिका लागि यो बाधा हटाउनु आवश्यक रहेको कोस्टाले बताएका छन्।
ईयूको चिन्ताको सूचीमा चीन र अमेरिकाको तुलनामा न्यून आर्थिक वृद्धि मात्र नभई, उद्योगका लागि आवश्यक दुर्लभ खनिजमा अन्य देशहरूसँगको निर्भरता पनि सामेल छ। इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले उच्च ऊर्जा मूल्यप्रति चिन्ता व्यक्त गर्दै यसले युरोपेली व्यवसायहरूलाई विदेशी प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्न कठिन बनाएको औँल्याएकी छन्।
युरोपेली नेताहरू एकल बजारलाई अझ गहिरो बनाउनु नै अर्थतन्त्र रूपान्तरणको मुख्य साँचो हो भन्नेमा विश्वस्त छन्। उनीहरूले युरोपेली केन्द्रीय बैंकका पूर्व प्रमुख मारियो ड्रागीको रिपोर्टलाई आधार मानी प्रतिस्पर्धात्मक क्षमता बढाउने मार्गमा अघि बढ्ने सङ्कल्प गरेका छन्।
News Desk 0 response शुक्रबार, फाल्गुन १, २०८२

सम्बन्धित शीर्षकहरु
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण :‘सर्वसाधारणलाई जोखिम कम’..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



