

-
हेटौँडा । ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडाले धेरै क्षेत्रफलमा खेती गर्ने किसानका लागि ठूलाखालका कृषियन्त्र उपकरण वितरण गर्ने तयारी गरेको हो ।
प्रत्येक कृषकको समेत ५० प्रतिशत लगानी हुनेगरी ढुवानी ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गरिने जनाइएको छ । त्यसरी अनुदान प्राप्त गर्ने प्रदेशभरका १३ कृषकको नाम छनोट कार्यसमेत सम्पन्न गरिएको बताइएको छ । कृषि निर्देशनालयका अनुसार त्यसरी छनोट गरिएका प्रदेशका १३ किसानमध्ये आठले पिकअप गाडी, दुईले ट्र्याक्टर र तीन जनाले ढुवानी ट्रक प्राप्त गर्नेछन् । प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन कृषकलाई प्रोत्साहन गर्नका लागि उनीहरुलाई कृषिमा प्रयोग हुने उपकरण उनीहरुको समेत थप लगानीमा वितरण गर्न लागिएको निर्देशनालयका निर्देशक रवीन्द्रबहादुर प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस्ता कृषि उपकरण प्राप्त गर्न ती किसानले कम्तीमा ४०० रोपनी जग्गामा तरकारी, फलफूल तथा अन्नबाली लगाएको हुनुपर्ने छ ।
प्रदेश सरकारले कृषि उपजको वृद्धिका लागि साना किसानलाई पनि अलग्गै कार्यक्रममार्फत प्रोत्साहन गरिरहेको मन्त्रालयले जनाएको छ । आधुनिक कृषि प्रणाली अपनाई पशुपालन तथा कृषि उत्पादन गर्ने व्यावसायिक कृषकलाई सरकारले सहयोग गर्ने प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा बताउनुहुन्छ । त्यसरी गरिने कृषिमा जैविक कृषि प्रणाली अपनाउने कृषकलाई सरकारले प्रथमिकता दिने उहाँको भनाइ छ । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन ६, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३
-
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३



