

-
क्यानडा र चीनले विद्युतीय गाडी (ईभी) र क्यानोला तेलमा लाग्ने कर घटाउने प्रारम्भिक व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । दुवै देशले नयाँ रणनीतिक सम्बन्ध स्थापित गर्दै व्यापार अवरोधहरू हटाउने वाचा गरेको क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
सन् २०१७ पछि चीनको भ्रमण गर्ने पहिलो क्यानेडाली प्रधानमन्त्री कार्नी महिनौँको कूटनीतिक प्रयासपछि अमेरिका अनि आफ्नो दोस्रो ठूलो व्यापारिक साझेदार चीनसँग सम्बन्ध पुनर्निर्माण गर्न खोजिरहेका छन् ।
राष्ट्रपति सी जिनपिङलगायत चिनियाँ नेताहरूसँगको वार्तापछि कार्नीले क्यानडाले शुरूमा ४९ हजार चिनियाँ विद्युतीय गाडीलाई ६ दशमलव १ प्रतिशतको भन्सार दरमा अनुमति दिने बताए । यद्दपि उनले समयावधि तोकेनन् ।
सन् २०२४ मा पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोको सरकारले चिनियाँ विद्युतीय गाडीमा १०० प्रतिशत भन्सार लगाएको थियो । सन् २०२३ मा चीनले क्यानडामा ४१ हजार ६ सय ७८ वटा विद्युतीय गाडी निर्यात गरेको थियो ।
गत मार्चमा जस्टिन ट्रुडोको करको बदलामा चीनले क्यानोला तेल र खानाजस्ता २ अर्ब ६० करोड अमेरिकी डलरभन्दा धेरैको क्यानेडाली कृषि र खाद्य उत्पादनहरूमा कर लगाएको थियो, त्यसपछि अगस्टमा क्यानोलाको बीउमा कर लगाएको थियो । यसले गर्दा सन् २०२५ मा चीनबाट हुने क्यानेडियाली सामानको आयातमा १० दशमलव ४ प्रतिशतले गिरावट आएको थियो ।
क्यानेडाली प्रधानमन्त्रीले नयाँ सम्झौताअन्तर्गत आउँदो मार्च १ सम्ममा चीनले क्यानोला बीउमा लगाएको कर झन्डै १५ प्रतिशतको संयुक्त दरमा घटाउने अपेक्षा गरेको बताएको खबरमा उल्लेख छ ।
News Desk 0 response शुक्रबार, माघ ३, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३



