

-
इरानमा अमेरिकाले हस्तक्षेप गर्ने सम्भावना बढेपछि इजरायलले उच्च सतर्कता अपनाएको छ । अमेरिकाले हस्तक्षपेप गरेमा इजरायलमा समेत आक्रमण गर्ने भन्दै इरानले चेतावनी दिएपछि इजरायलले उच्च सकर्तता अपनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हस्तक्षेप गर्ने धम्की दिँदै इरानी शासकहरूलाई प्रदर्शनकारीहरूविरुद्ध बल प्रयोग नगर्न चेतावनी दिँदै आएका छन् ।
हिजो ट्रम्पले इरानले स्वतन्त्रता खोजिरहेको र अमेरिका मद्दत गर्न तयार रहेको बताएका थिए । इजरायलले भने तत्काल इरानमा आक्रमण गर्ने सङ्केत गरेको छैन ।
आर्थिक सङ्कट र मूल्यवृद्धिको विरोधमा भइरहेको आन्दोलन हिंसात्मक बन्दा कम्तीमा १ सय १६ जनाको ज्यान गएको मानवअधिकारकर्मीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।
गएको डिसेम्बर २८ देखि शुरू भएको प्रदर्शनमा २ हजार ५ सय जनाभन्दा धेरै मानिस पक्राउ परेका छन् । अस्तिदेखि इन्टरनेट र टेलिफोन सेवासमेत बन्द भएका छन् ।
पछिल्ला तीन दिनमा सुरक्षा बलद्वारा सयौं मानिस मारिएका वा घाइते भएका विवरण आए पनि प्रदर्शनकारीहरूले सरकारी दमनको अवज्ञा गरेका खबरमा उल्लेख छ ।
News Desk 0 response आइतवार, पुस २७, २०८२

सम्बन्धित शीर्षकहरु
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



