

-
अमेरिकाले भेनेजुएलाको तेल बोकेको थप दुइटा पानीजहाज कब्जा गरेको छ।
भेनेजुएलामा सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरेपछि अमेरिकाले पुनः तेल बोकेको जहाज कब्जा गर्न थालेको हो।
मदुरो पक्राउअघि पनि अमेरिकाले भेनेजुएलाको तेल बोकेको दुइटा पानी जहाज क्यारेबियन क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।
यसपटक भने अमेरिकाले रूसी ध्वजाबाहक पानी जहाज नियन्त्रणमा लिएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। अर्को जहाज पनामाको ध्वजावाहक रहेको छ। अमेरिकी अधिकारीहरूले दिनौंसम्म खोजी गरेर उक्त पानीजहाज कब्जा गरेको हो।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासहित सम्पूर्ण अमेरिकन महादेशमा तेल आपूर्ति नियन्त्रण गर्ने र भेनेजुएलाको समाजवादी सरकारलाई अमेरिकी हितअनुकूल बनाउने आक्रामक नीतिको हिस्साका रूपमा यो कदम चालिएको ह्वाइट हाउसले जनाएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार, हप्तौँसम्म चलेको खोजीपछि बुधबार बिहान अमेरिकी कोस्ट गार्ड र विशेष सैन्य बलले ‘मारिनेरा’ नामक कच्चा तेल बोकेको पानीजहाज नियन्त्रणमा लिएका हुन्।
सो पानीजहाजले अघिल्लो महिना निरीक्षण अस्वीकार गरेपछि आफ्नो झन्डा परिवर्तन गरी रुसी झन्डा प्रयोग गर्न थालेको थियो भनेर रोयटर्सले लेखेको छ।
उक्त कारबाहीमा बेलायतको रोयल एयर फोर्स र एक सैन्य जहाजले पनि सहयोग गरेको बेलायती रक्षा सचिव जोन हिलीले बताएका छन्।
कारबाहीका क्रममा रुसी पनडुब्बी र अन्य जहाजहरू नजिकै रहेकाले रूससँग थप तनाव बढ्ने जोखिम देखिएको छ। युक्रेन युद्धका कारण पश्चिमी मुलुकसँग पहिले नै तनावमा रहेको रूसले भेनेजुएला विषयमा अमेरिकी कदमको आलोचना गर्दै आएको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले उक्त पानी जहाज ‘नक्कली रूपमा रुसी पहिचान प्रयोग गरी प्रतिबन्ध छल्न खोजिएको’ दाबी गरेका छन्। बुधबार नै अमेरिकी कोस्ट गार्डले भेनेजुएलाको तेल बोकेको पनामाको ध्वजाबाहक ‘एम सोफिया’ ट्यांकर पनि दक्षिण अमेरिकाको उत्तरपूर्वी तट नजिक नियन्त्रणमा लिएको थियो। यो पछिल्ला केही हप्तामा भएको चौथो नियन्त्रण कारबाही हो।
अमेरिकाले ती दुवै ट्याङ्करलाई भेनेजुएला र इरानबाट प्रतिबन्धित तेल ढुवानी गर्न प्रयोग भएको आरोप लगाएको छ। ह्वाइट हाउसका उपप्रमुख स्टेफन मिलरले अमेरिकी कानुन र राष्ट्रिय सुरक्षासँग मेल खाने ऊर्जा ढुवानी मात्र मान्य हुने स्पष्ट पारेका छन्।
रूस र चीनले भने अमेरिकी कदमको आलोचना गरेको छ।
मस्कोको यातायात मन्त्रालयले अमेरिकी कदमको निन्दा गर्दै रूसीहरूलाई सम्मान व्यवहार गर्न र उनीहरूलाई चाँडै घर फर्कन अनुमति दिन माग गरेको छ।
मन्त्रालयले उक्त जहाजलाई आफ्नो देशको झन्डा प्रयोग गर्न अस्थायी रूपमा अनुमति दिएको पनि बताएको छ। उसले कुनै पनि राज्यलाई अन्य राज्यको क्षेत्राधिकारमा कानुनसम्मत दर्ता भएका जहाजहरूविरूद्ध बल प्रयोग गर्ने अधिकार नभएको भनेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भेनेजुएलामाथि बल प्रयोग गर्दै ‘अमेरिका फर्स्ट’ नीति थोपर्ने कार्यलाई ‘धम्की र दबाबको राजनीति’को संज्ञा दिएका छन्। चीन भेनेजुएलाको तेलको ठूलो आयातकर्ता हो।
अमेरिकाको यो कदमले शक्ति राष्ट्रहरूबीच थप तनावको वातावरण सिर्जना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत भेनेजुएलासँगको तेल सम्झौताबाट प्राप्त रकम अमेरिकी कृषि उत्पादन र औषधि खरिदमा प्रयोग गरिने बताएका छन्।
News Desk 0 response बिहिबार, पुस २४, २०८२

सम्बन्धित शीर्षकहरु
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



