-
काठमाडौं : आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावमा उम्मेदवारी दिएकाहरुको विरोधमा आज उजुरी दिन सकिनेछ । उम्मेदवारहरूको दाबी विरोधमा उजुरी दिन आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।
हिजो सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको छ । राष्ट्रियसभाको १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । कोशी प्रदेशमा नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार बनाएका हेमराज घिमिरे अनुपस्थित भएपछि थापा निर्विरोध हुनुभएको हो । यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।
राष्ट्रियसभामा नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेश केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन बनेको छ । जसअनुसार कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिटमा उम्मेदवारी दर्ता गराएका छन् ।
भागबण्डा नमिलेपछि नेकपाले छुट्टै उम्मेदवारी दर्ता गराएको छ । प्रदेशसभाका सदस्य तथा पालिकाका मेयर र उपमेयर, अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभाका मतदाता हुन्छन् । प्रदेश सांसदको मतभार ५३ र पालिका प्रतिनिधिको मतभार १९ कायम छ ।
News Desk 0 response बिहिबार, पुस २४, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३