

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड अमेरिकामा गाभ्ने विकल्पहरूबारेमा छलफल गरिरहनुभएको ह्वाइट हाउसले जनाएको छ ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ग्रीनल्यान्ड अधिग्रहणलाई अमेरिकी राष्ट्रिय सुरक्षाको प्राथमिकता भएको बताउँदै राष्ट्रपति र उनको टोलीले यसका लागि सबै विकल्पबारे छलफल गरिरहेको बताएको समाचार संस्था एएफपीले जनाएको छ । उनले आवश्यक परे अमेरिकी सेनाको प्रयोग राष्ट्रपतिको अधिकारभित्र पर्ने पनि उल्लेख गरेका छन् ।
रुस र चीनजस्ता विरोधी शक्तिहरूले आर्कटिकमा प्रभाव बढाउन सक्ने भएकाले अमेरिकी योजना रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको ह्वाइट हाउसकी प्रेस सचिव लेभिटको भनाइ छ ।
अहिले ग्रीनल्यान्ड नेटो सदस्यसमेत रहेको डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र हो । डेनमार्कले यस टापुमाथि अमेरिकाले गर्ने हस्तक्षेप आफूलाई मान्य नहुने बताउँदै आएको छ ।
युरोपेली नेताहरूले संयुक्त विज्ञप्ति निकालेर डेनमार्कको समर्थन गरेका छन् । ग्रीनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले टापुको भविष्यबारे त्यहाँका बासिन्दाले मात्र निर्णय गर्न सक्ने बताए ।
ग्रीनल्यान्डको जनसङ्ख्या झन्डै ५७ हजार छ । भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपपछि ग्रीनल्यान्डको भविष्यको मुद्दा फेरि सतहमा आएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले चुनावको प्रचारका क्रममै ग्रीनल्यान्ड किनेर अमेरिकामा गाभ्ने बताएका थिए ।
८० प्रतिशत आर्कटिक महासागर र झन्डै २० प्रतिशत उत्तरी एटलान्टिक महासागरले घेरिएको ग्रीनल्यान्ड विश्वको सबैभन्दा ठूलो टापु हो । त्यहाँ प्रकृति, आत्मा र देवतासँग सम्बन्धित धेरै किंवदन्ती प्रसिद्ध छन् । पुरातात्त्विक र ऐतिहासिक प्रमाणले कम्तीमा ४ हजार ५ सय वर्ष पहिलेदेखि यहाँ मानव बसोबास रहेको सङ्केत गर्छ ।
आर्कटिक समुद्री क्षेत्रमा रुस, क्यानडा, डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे, स्वीडेन र अमेरिका गरि ८ वटा देश छन् । रुसबाहेक अन्य सबै देश उत्तर एटलान्टिक सन्धि (नेटो) का सदस्य हुन् । नेटोमा कुनै एक देशमाथि बाहिरी देशले आक्रमण गरेमा सबैले मिलेर प्रतिवाद गर्छन् ।
सन् २००७ को अमेरिकी भूगर्भीय सर्वेक्षण प्रतिवेदनअनुसार ग्रीनल्यान्डको तटमा महत्त्वपूर्ण तेल र ग्यास भण्डार हुन सक्छ । यस्तै विश्वको झन्डै २० प्रतिशत स्वच्छ पानी ग्रीनल्यान्डमा रहेको अनुमान छ ।
News Desk 0 response बुधबार, पुस २३, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३



