-
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकासँग सहकार्य गर्ने प्रस्ताव गरेकी छिन् । कार्यवाहक राष्ट्रपतिका रूपमा आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकपछि रोड्रिगेजले अमेरिकासँग सहकार्य गर्ने प्रस्ताव गरेकी बीबीसीले जनाएको छ ।
५६ वर्षीया डेल्सी रोड्रिगेजले आफ्नो देश शान्तिप्रति प्रतिबद्ध रहेको र अमेरिकासँग सन्तुलित र सम्मानजनक सम्बन्धतर्फ अघि बढ्ने कुरालाई प्राथमिकता दिएको बताइन् । उनले अमेरिकी सरकारलाई अन्तर्राष्ट्रिय कानूनको ढाँचाभित्र सहयोगको एजेन्डा पछ्याउन मद्दत गर्न आग्रह गरेको खबरमा उल्लेख छ ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भेनेजुएलालाई शान्ति, विकास, सार्वभौमिकता र भविष्यको अधिकार रहेको उल्लेख गरिन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको नेतृत्व अमेरिकाको हातमा रहेको कुरामा फेरि जोड दिएका छन् । ट्रम्पले भेनेजुएलाकी नयाँ नेता रोड्रिगेजलाई सही काम नगरे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन्।
अमेरिकाले भेनेजुएलामाथि सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मदुरोका दम्पतीलाई न्युयोर्क पुर्याएपछि अमेरिकाले नै रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाएको हो ।
यसैबीच अमेरिकाले लागूऔषधको मुद्दामा मदुरोलाई न्युयोर्कको अदालतमा उपस्थित गराउँदै छ ।
News Desk 0 response सोमवार, पुस २१, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३