-
वासिङ्टन डिसी : भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी हिरासतमा परेपछि अब त्यहाँ थप सैन्य कारबाहीको आवश्यकता नरहेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्पष्ट पारेका छन्।
रिपब्लिकन सिनेटर माइक लीले विदेशमन्त्री रुबियोसँगको टेलिफोन संवादपछि यस कुराको पुष्टि गरेका हुन्। मादुरो अहिले अमेरिकी सुरक्षा निकायको नियन्त्रणमा आइसकेकाले भेनेजुएलामा अब अरू कुनै सैन्य एक्सन नहुने रुबियोको प्रक्षेपण रहेको लीले बताएका छन्।
सिनेटर लीका अनुसार भेनेजुएलामा गरिएका अमेरिकी हवाई हमलाहरू राष्ट्रपति मादुरोविरुद्ध जारी गरिएको गिरफ्तारी पुर्जी कार्यान्वयन गर्ने टोलीको सुरक्षा र बचाउका लागि मात्र केन्द्रित थिए।
मादुरोलाई पक्राउ गर्ने अपरेशनमा खटिएका अधिकारीहरूलाई सुरक्षा प्रदान गर्न ती रणनीतिक प्रहारहरू गरिएको दाबी अमेरिकाले गरेको छ।
यद्यपि, सिनेटर लीले यसअघि सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै युद्धको घोषणा वा सैन्य बल प्रयोगको औपचारिक अनुमतिविना गरिएको यो कारबाहीको संवैधानिक वैधतामाथि प्रश्न उठाएका थिए।
उनले बिना कुनै कानुनी अधिकार गरिएको यस सैन्य कदमलाई कुन आधारले उचित ठहर्याउँछ भन्नेबारे थप स्पष्टता खोज्ने बताएका छन्। अहिले मादुरोलाई कहाँ र कुन अवस्थामा राखिएको छ भन्नेबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।
News Desk 0 response शनिबार, पुस १९, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३