

-
काठमाडौं : इस्वी संवतको नयाँ वर्ष सन् २०२६ शुरू भएको छ । येशु ख्रिस्टको जन्म वर्षलाई आधार मानेर विकसित गरिएको ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष मनाउने चलन विश्वव्यापी रूपमा फैलिँदै गएको छ ।
विश्वका विभिन्न देश र शहरहरूमा हर्षोल्लासका साथ नयाँ वर्षको स्वागत गरिएको छ । नयाँ वर्षको अवसरमा युरोप, अमेरिका, एशिया, अफ्रिका र अस्ट्रेलियाका प्रमुख शहरहरूमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको टाइम्स स्क्वायरमा बल ड्रप समारोहमा लाखौँ मानिस सहभागी भएका छन् ।
बेलायतको लन्डनमा थेम्स नदी किनारमा आतिशबाजी प्रदर्शन गरियो भने स्कटल्यान्डमा परम्परागत हगमानय पर्व उल्लासपूर्वक मनाइयो । अस्ट्रेलियाको सिड्नीमा सिड्नी हार्बर ब्रिज र ओपेरा हाउस वरिपरि विश्वप्रसिद्ध आतिशबाजी प्रदर्शन गरिएको छ । ब्राजिलको कोपाकाबाना समुद्रतटमा झन्डै २० लाख मानिसको सहभागितामा नयाँ वर्षको स्वागत गरिएको छ ।
जापान, दक्षिण कोरिया, चीन र दक्षिणपूर्व एशियाका शहरहरूमा परम्परा र आधुनिक उत्सवको संयोजनसहित नयाँ वर्ष मनाइएको छ । हङकङमा हालैको आगलागी दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्मानमा मुख्य आतिशबाजी कार्यक्रम रद्द गरिएको छ ।
नेपालमा पनि पछिल्ला वर्षहरूमा अङ्ग्रेजी नयाँ वर्ष मनाउने चलन बढ्दो छ । काठमाण्डौको ठमेल, बौद्ध, ललितपुर तथा पोखरा, सौराहा जस्ता पर्यटकीय क्षेत्रमा सांगीतिक कार्यक्रम, सांस्कृतिक प्रस्तुतिमार्फत सन् २०२६ को स्वागत गरिएको छ । विदेशी पर्यटकको बाक्लो उपस्थितिले यी क्षेत्रहरू झनै चहलपहलपूर्ण बनेका छन् । विश्वले सन् २०२५ लाई विदाइ गर्दा वितेको वर्ष राजनीतिक, पर्यावरणीय र सामाजिक घटनाले स्मरणीय बनेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि राष्ट्रपति निर्वाचित, गाजामा नाजुक युद्धविराम, युक्रेन युद्धको निरन्तरता र विश्वव्यापी राजनीतिक ध्रुवीकरण सन् २०२५ का प्रमुख विषय बने । यस वर्ष विश्वकै तातो वर्षहरूमध्ये एकका रूपमा दर्ज भएको थियो । युरोपमा डढेलो, अफ्रिकामा खडेरी र दक्षिणपूर्व एशियामा विनाशकारी वर्षाले जलवायु संकटको गम्भीरता उजागर गर्यो ।
खेलकुद, प्रविधि र विज्ञानतर्फ हेर्दा के–पप समूह बिटिएसको पुनरागमन, आर्टिफिसियल इन्टेलिजेन्स ९कृत्रिम बुद्धिमता० को तीव्र विकास र यसमाथि बढ्दो नियमनको बहस, तथा नासाको आर्टेमिस २ चन्द्र अभियानको तयारीले भविष्यतर्फको संकेत दिएका छन् । आउँदो वर्ष शीतकालीन ओलम्पिक र संयुक्त राज्य अमेरिका, मेक्सिको तथा क्यानाडामा हुने ऐतिहासिक फुटबल विश्वकपको तयारीले विश्वको ध्यान तानेको छ ।
सन् २०२६ मा प्रवेशसँगै मध्य पूर्व र खाडी क्षेत्रमा चुनौती र अवसर दुवै देखिएका छन् । गाजामा स्थायी युद्धविरामको प्रयास, इजरायल–इरान तनाव, सशस्त्र समूहहरूको भविष्य, सिरिया र इराकको राजनीतिक सङ्क्रमण, तथा यमन, सुडान र लिबियाका आन्तरिक द्वन्द्व समाधान विश्व शान्तिका लागि निर्णायक बन्नेछन् ।
अब्राहाम सम्झौताको सम्भावित विस्तार, टर्कीएमा हुने कोप ३१ सम्मेलन र जलवायु प्रतिबद्धताको कार्यान्वयनले विश्वव्यापी वातावरणीय नीतिलाई दिशा दिने अपेक्षा गरिएको छ । आर्थिक पक्षमा खाडी देशहरुले तेल निर्भरता घटाउँदै पर्यटन, एआई, नवीकरणीय ऊर्जा र हरित हाइड्रोजनमा लगानी बढाइरहेका छन् । युवा जनशक्तिको सीप विकास र निजी क्षेत्र प्रवर्द्धनले दीर्घकालीन स्थायित्व निर्धारण गर्ने अपेक्षा छ ।
यसैबीच, चीन–अरब कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठले क्षेत्रीय र विश्वव्यापी शक्ति सन्तुलनमा नयाँ आयाम थप्ने देखिन्छ । यसरी सन् २०२५ का उपलब्धि, चुनौती र पीडालाई सम्झँदै विश्वले सन् २०२६ लाई आशा, सम्भावना र जिम्मेवारीका साथ स्वागत गरेको छ । नयाँ वर्षले शान्ति, सहकार्य र दिगो विकासको बाटो खोलोस् भन्ने कामना विश्वभर साझा रूपमा व्यक्त भइरहेको छ ।
News Desk 0 response बिहिबार, पुस १७, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३



