

-
बाजुरा । नियमित पठनपाठन र शिक्षकको निरन्तरताका लागि बाजुराको जगन्नाथ गाउँपालिकाले विद्यालयमा विद्युतीय हाजिरी जडान गरेको छ । विद्यालयमा शिक्षकको निरन्तरता र विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन गाउँपालिकाले विद्युतीय हाजिरी सञ्चालन गरेको हो । गाउँपालिकाबाटै निगरानी गर्ने गरी विद्युतीय हाजिरी शुरु गरिएको जगन्नाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले बताउनुभयो । विद्यालय नियमित सञ्चालन भए नभएको, शिक्षक आए नआएको जस्ता गुनासा सुन्न नपरोस् र शिक्षा विकासमा सकारात्मक प्रभावका लागि विद्युतीय हाजिरी शुरु गरिएको उहाँको भनाइ छ ।
गाउँपालिकाले नमूना परीक्षणका लागि पहिलोपटक मावि तहका विद्यालयमा जडान गर्ने र विस्तारै अन्य गाउँपालिकामा रहेका सबै आधारभूत विद्यालयमा समेत जडान गर्ने तयारी थालिएको छ । तत्काल गाउँपालिकाको देवलकोट मावि, कैलाश मावि र सरस्वती माविमा पहिलोपटक विद्युतीय हाजिरी शुरु गरिएको प्रविधि अधिकृत एवं सूचना अधिकारी सिर्जना शाहीले जानकारी दिएकी छन् । विद्युत्, कम्प्युटर र अन्य आवश्यक सामग्री जडानपछि विद्युतीय हाजिरी शुरु गरिएको शाहीको भनाइ छ ।
विद्युतीय हाजिरी जडानसँगै शिक्षकले बिहान १० बजे र साँझ ४ बजे अनिवार्य रुपमा हाजिरी गर्नुपर्ने हुन्छ । शिक्षा विकासको विषयलाई प्रमुखताका साथ जोड दिएको गाउँपालिकाले जगदेखि नै शुरु गर्ने गरी कार्य थालनी गरेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताउनुभयो ।
विद्युतीय हाजिरी जडानपछि शिक्षक नियमित भएको र निगरानी गर्न पनि सजिलो भएको देवलकोट मावि विद्यालय व्यस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बमको भनाइ छ । शिक्षाको गुणस्तर सुधारकै लागि विद्युतीय हाजिरी जडान गरिएको र सामान्य भए पनि केही फरक पर्ने विश्वास गाउँपालिकाले लिएको छ ।
गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि अरु नयाँ अभ्यासको थालनी गरिरहेको छ । ई–हाजिरसँगै विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर गाउँपालिकास्तर बाटै छड्के अनुगमन र विद्यालयमा विद्यार्थी हाजिरी कार्डको पनि शुरुआत गरिएको छ ।
पछिल्लो समय विद्यालय आएका विद्यार्थी पनि बीचमै घर जाने, अधिकांश नियमित विद्यालय नआउने र शिक्षकले पनि प्रभावकारी शिक्षण सिकाइमा ध्यान नदिने जन गुनासो बढेपछि गाउँपालिकाबाटै अनुगमन र अध्ययन टोली खटाउने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले बताउनुभयो । रासस
News Desk 0 response शनिबार, फाल्गुन ३, २०७६

सम्बन्धित शीर्षकहरु
स्वतन्त्र कर्मचारी अभियानकोतर्फबाट प्रशासन सुधारका लागि नयाँ सरकारलाई खुल्ला सुझाव
सोमवार, चैत्र २, २०८२-
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२ -
आयल निगमको असक्षमताले खाना पकाउने ग्यासको अभाव..
सोमवार, चैत्र २, २०८२ -
भारतको एक अस्पतालमा आगलागी : १० जना..
सोमवार, चैत्र २, २०८२ -
स्वतन्त्र कर्मचारी अभियानकोतर्फबाट प्रशासन सुधारका लागि नयाँ..
सोमवार, चैत्र २, २०८२ -
इरान विरुद्धको युद्धमा अमेरिकाले दुई हप्तामै खर्चियो..
सोमवार, चैत्र २, २०८२
-
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२ -
आयल निगमको असक्षमताले खाना पकाउने ग्यासको अभाव..
सोमवार, चैत्र २, २०८२ -
भारतको एक अस्पतालमा आगलागी : १० जना..
सोमवार, चैत्र २, २०८२ -
स्वतन्त्र कर्मचारी अभियानकोतर्फबाट प्रशासन सुधारका लागि नयाँ..
सोमवार, चैत्र २, २०८२ -
इरान विरुद्धको युद्धमा अमेरिकाले दुई हप्तामै खर्चियो..
सोमवार, चैत्र २, २०८२
-
खाडी क्षेत्रको तेल उत्पादन बन्द हुने कतारको..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२ -
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२



