

-
काठमाडौं : पोखराको लिची बारी जग्गा प्रकरणमा दुई जना पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्रेष्ठसहित ७ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मन्त्रीहरूसँगै मालपोत कार्यालय कास्कीका तत्कालीन मालपोत अधिकृत रामचन्द्र अधिकारी, सुजनकुमार तामाङ, एमकुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुनलाई प्रतिवादी बनाएको छ ।
पोखराको बाटुलेचौरमा रहेको लिची बगानको १३४ रोपनी जग्गा हिनामिना गर्ने योजनामा भएको घुस डिल प्रकरणमा तत्कालीन मन्त्रीहरूसहित कर्मचारी र बिचौलियाबीचको अडियो सार्वजनिक भएपछि अख्तियारले मुद्दा अघि बढाएको थियो ।
अख्तियारले पूवमन्त्रीद्वय गुप्ता र श्रेष्ठसहित ४ जनासँग ७८ लाख र खेम पुनसँग २५ लाख रुपैयाँ बिगो माग गरेको छ ।
यसैगरी तत्कालीन भूमि व्यवस्था, सहकारी गरिबी निवारण मन्त्री बलराम अधिकारी र तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेलविरुद्ध घुस रिसवत लिएरदिएको विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
News Desk 0 response बुधबार, अशोज २२, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


