

-
रामपुर । पाल्पाको रामपुरका महिला ढाका कपडा सिलाएर आत्मनिर्भर बन्दै गएका छन् । रामपुर बचत तथा ऋण सहकारीले ढाका कपडा सिलाइ तालीम दिएपछि अहिले महिला आत्मनिर्भर हुन थालेका हुन् ।
सहकारीले तालीम दिएपछि बेझाड बजारमा रेखादेवी श्रेष्ठले पसल नै राखेर ढाका कपडा सिलाउने गर्नुहुन्छ । उहाँले महिला तथा पुरुष, बच्चाका विभिन्न ढाका कपडा सिलाउने गरेको बताउनुभयो । बेरोजगार बसेका महिलालाई सहकारीबाट तालीम पाएपछि रोजगार बनाएको उहाँको भनाइ छ ।
ढाका कपडा सिलाएर उहाँले मासिक रु २० हजार आम्दानी गर्नुहुन्छ । यसैबाट घरखर्च, छोराछोरीको पढाइ खर्च चलेको छ । सहकारीले दुईपटकसम्म गरी २० जना महिलालाई चार महिनाको तालीम उपलब्ध गराएपछि महिला व्यवसायमा अग्रसर भएर लागेका छन् । पहिलादेखि नै सिलाइकटाइको काम गर्दै आउनुभएकी इन्दु परियारले पनि ढाका कपडाको तालीम पाएपछि पेशालाई व्यावसायिक तवरले अगाडि बढाउनुभएको छ । तालीमपश्चात् अहिले व्यावसायिक रुपमा पसल सञ्चालन गरी आफू मात्र नभई चारजनालाई रोजगारीसमेत दिएको परियारको भनाइ छ ।
सहकारीले व्यावसायिक बनाउन रामपुरका २० महिलालाई ढाका कपडा सिलाइ तालीम तथा एक–एकवटा मेशिनसमेत उपलब्ध गराएको अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताउनुभयो । व्यवसाय गर्न सोच बनाएका तर सीप नपाएर बेरोजगार बनेका महिला सहकारीमार्फत सीपमूलक तालीम पाएपछि उत्साहका साथ व्यवसायमा लागेका छन् । रामपुरमा नै ढाका कपडाका विभिन्न उत्पादन हुन थालेपछि अहिले माग बढ्दो रहेको यसमा संलग्न महिला बताउँछन् ।
सदरमुकाम तानसेनबाट ढाकाको कपडा खरिद महिलाले व्यवसाय चलाउने गरेका छन् । रामपुर क्षेत्रमा विशेषगरी झोला, हाते पर्स, आस्कोट, चोलीहरु, बच्चाका लागि दौरा सुरुवालको बढी माग आउने गरेको छ । रामपुर घुम्न आएका व्यक्तिले ढाकाको कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा लैजाने गरेका छन् । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीको सङ्गमस्थल रहेको रामपुर बजारमा ढाका कपडाबाट उत्पादित सामग्री विशेष आकर्षणका रुपमा रहेको छ । रासस
News Desk 0 response बुधबार, माघ २९, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३
-
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३



