

-
काठमाडौं : रूसमा ५०० वर्षपछि पहिलोपटक क्रशेनिनिकोभ ज्वालामुखी विष्फोट भएको अधिकारीहरुले बताएका छन् । चार दिन अघि ८.८ म्याग्निच्युडको भूकम्प गएको स्थान कामचाट्का द्वीपमै ज्वालामुखी पनि देखिएको हो ।
बीबीसीका अनुसार २ अगष्टमा विष्फोट भएको ज्वालामुखीका कारण ६ हजार मिटर उचाइसम्म खरानीको मुस्लो फैलिएको थियो । जसका कारण उक्त क्षेत्रको हवाई मार्ग (एयरस्पेस) बन्द गर्नुपरेको थियो । रुसी अधिकारीहरुका अनुसार यो ज्वालामुखीबाट बस्ती भएको क्षेत्रमा कुनै खतरा छैन ।
कामचाट्काको आपत्कालीन मामिला मन्त्रालयले क्रशेनिनिकोभ ज्वालामुखी ५०० वर्षपछि विष्फोट भएको औपचारिक जानकारी आइतबार दिएको थियो । क्रशेनिनिकोभ ज्वालामुखी यसअघि १५ औं शताब्दीमा विष्फोट भएको बीबीसीले जनाएको छ ।
वैज्ञानिकहरूका अनुसार यो विस्फोट चार दिनअघि रूसको कामचाट्का द्वीपमा गएको ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्छ । कामचाट्काको ‘भल्केनिक इरिप्सन रेस्पोन्स टिम’की प्रमुख ओल्गा गिरिनाले यो ज्वालामुखी सोही शक्तिशाली भूकम्पसँग सम्बन्धित हुनसक्ने बताएको बीबीसीले जनाएको छ ।
विश्वको छैटौं शक्तिशाली भनिएको ८.८ म्याग्निच्युडको भूकम्पपछि बलिया परकम्पहरु गइरहेका छन् । आइतबार मात्रै कुरिल द्वीपमा ७ म्याग्निच्युडको धक्का महसुस भएको थियो ।
भूकम्प र ज्वालामुखी विस्फोट भएका स्थानहरू ‘रिंग अफ फायर’मा पर्दछन् । रिंग अफ फायर त्यो क्षेत्र हो जहाँ धेरै महाद्वीपीय र महासागरीय टेक्टोनिक प्लेटहरू छन् । यिनै प्लेटहरू एकापसमा ठोक्किँदा भूकम्प, सुनामी र ज्वालामुखी विस्फोट जस्ता घटना हुने भूगर्भविदहरु बताउँछन् ।
भूगर्भविदहरुका अनुसार ७५ प्रतिशत सक्रिय ज्वालामुखीहरू रिंग अफ फायर क्षेत्रमा छन् । यसैगरी विश्वका ९० प्रतिशत भूकम्पहरू रिंग अफ फायर क्षेत्रमै पर्दछन् । यो क्षेत्र करिब ४० हजार किलोमिटर लम्बाइमा फैलिएको छ ।
यो क्षेत्रभित्र १५ वटा देशहरू पर्दछन् । जापान, रूस, फिलिपिन्स, इन्डोनेसिया, न्युजिल्यान्ड, अन्टार्कटिका, क्यानडा, अमेरिका, मेक्सिको, ग्वाटेमाला, कोस्टारिका, पेरु, इक्वेडर, चिली र बोलिभिया ‘रिंग अफ फायर’ भनिने क्षेत्रमा पर्ने वैज्ञानिकहरुको भनाइ छ ।
जुलाई महिनामै कामचाट्कामा ६ शक्तिशाली भूकम्प
बुधबारको ८.८ म्याग्निच्युडको भूकम्प विश्वको छैटौं शक्तिशाली भूकम्प थियो । यसको प्रभावपछि रूस, अमेरिका, जापान र चिलीजस्ता देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए ।
जापानले आफ्नो फुकुशिमा परमाणु रिएक्टर खाली गराएको थियो र लाखौं मानिसहरुलाई घर खाली गर्न आदेश दिइएको थियो ।
जुलाई महिनामै कामचाट्का नजिकैको समुद्रमा ६ वटा शक्तिशाली भूकम्प आएका थिए । तीमध्ये दोस्रो ठूलो भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड थियो ।
सन् १९५२ नोभेम्बर ४ मा कामचाट्कामा ९ म्याग्निच्युडको भूकम्प आएको थियो । त्यसले केही ठाउँमा ९।१ मिटर अग्ला छालहरू उठाएको थियो, तर त्यस घटनामा कसैको मृत्यु भने भएको थिएन ।
News Desk 0 response सोमवार, साउन २०, २०८२

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


