

-
प्यालेस्टाइनको गाजामा सहायता वितरण स्थलमा भागदौड हुँदा २० जनाको मृत्यु भएको छ । दक्षिणी गाजामा रहेको एक सहायता वितरण केन्द्रमा भागदौड हुँदा खाना लिन खोज्ने २० जनाको ज्यान गएको अमेरिका र इजरायल समर्थित गाजा मानवीय फाउन्डेशन (जीएचएफ) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
भीडले कुल्चिएर १९ जनाको ज्यान गएको र एक जनामाथि छुरा प्रहार भएको हो । भीडमा विद्रोही समूह हमाससँग सम्बन्धित व्यक्तिहरू रहेको जीएचएफको विज्ञप्तिमा उल्लेख छ । यद्दपि यसबारेमा स्वतन्त्र पुष्टि हुन नसकेका खबरमा उल्लेख छ ।
यसअघि खान युनिसको नासेर अस्पतालले निसास्सिएर ज्यान गुमाएका १० जनाको शव प्राप्त गरेको बताएको थियो ।
जीएसएफले गएको मे महिनाको अन्त्यदेखि सहायता वितरण गर्न थालेको थियो । त्यस बेलादेखि सहायता प्राप्त गर्ने प्रयास गर्दा प्यालेस्टिनीहरूको ज्यान गएको समाचार दैनिकसजो आइरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले दक्षिणी र मध्य गाजामा रहेका चार वटा जीएचएफ सहायता केन्द्र वरिपरि विगत ६ हप्तामा ६ सय ७४ जनाको ज्यान गएको बताएको छ ।
News Desk 0 response बुधबार, साउन १, २०८२

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


