

-
युद्धविरामका लागि निरन्तर पहल गरिरहँदा पनि युक्रेनमा रुसले आक्रमण नरोकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग असन्तुष्ट देखिएका छन् ।
राष्ट्रपति ट्रम्पले युक्रेनलाई ९पैट्रियट एअर डिफेन्स सिस्टम० हवाई प्रतिरक्षा प्रणाली पठाउने घोषणा गरेका बीबीसीले जनाएको छ ।
ट्रम्पले युक्रेनलाई महँगो र अत्याधुनिक हतियारहरू पठाउने घोषणा यसअघि नै गरिसेका थिए ।
नाटोमार्फत युक्रेनलाई मिसाइल र गोलाबारुद आपूर्ति गरिने बताउँदै उनले ५० दिनभित्र शान्ति सम्झौता नभए रुससँग व्यापार गर्ने देशहरूलाई शतप्रतिशत भन्सार कर लगाउने चेतावनी दिएका छन् ।
नाटो प्रमुख मार्क रुटेसँग भेटपछि ट्रम्पले युक्रेनलाई सहयोग गर्न अमेरिकाले युरोपेली देशहरूलाई आफ्ना पैट्रियट रक्षा प्रणाली पठाउन अनुरोध गरेको बताए ।
रुटेले युक्रेनलाई आवश्यक सैन्य सामग्री आपूर्ति गरिने र यसको खर्च युरोपले बेहोर्ने जानकारी दिएको खबरमा उल्लेख छ ।
ट्रम्पको यो घोषणा पछिल्लो पटक रुसप्रति आक्रोशपूर्ण शैलीमा आएको हो । उनले रुसका राष्ट्रपति पुटिनलाई ‘कडा मान्छे’ भन्दै वार्ताले मात्र केही नहुने बताएका छन् ।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ट्रम्पको समर्थनप्रति धन्यवाद दिँदै सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।
रुसको प्रतिक्रिया औपचारिक रूपमा आइनसके पनि रूसी विश्लेषकहरूले ट्रम्पको घोषणालाई खाली धम्की भनेका छन । रुस युक्रेन युद्ध तीन वर्षदेखि चलिरहेको छ ।
अमेरिकाले यसअघि युक्रेनलाई हतियार रोक्ने घोषणा गरेको थियो । तर आफ्नै घोषणालाई खारेज गर्दै ट्रम्पले नयाँ सम्झौता गरेका हुन्।
नयाँ सम्झौतामा अमेरिकाले युक्रेनमा पठाउने केही हतियारका लागि नाटोले अमेरिकालाई भुक्तानी गर्ने उल्लेख छ ।
News Desk 0 response मङ्लबार, असार ३१, २०८२

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


