

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली सङ्घ (ईयू) लाई लक्षित गर्दै ३० प्रतिशत कर बढाउने घोषणा गरेका छन् । आउँदो अगस्ट १ अर्थात २० दिनपछि ३० प्रतिशत कर लगाउने ट्रम्पले घोषणा गरेका हुन् ।
ट्रम्पको घोषणापछि जर्मनीको प्रमुख उद्योग निकाय ‘जर्मन इन्डस्ट्रिज फेडेरेसन ९बीडीआई० ले शनिवार वासिङ्टन र युरोपेली सङ्घलाई बढ्दो व्यापार द्वन्द्वको छिटो समाधान गर्न आग्रह गरेको छ ।
ट्रम्पको घोषणा एटलान्टिकका दुवै किनारका उद्योगहरूका लागि चेतावनी स्वरूप आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बीडीआईका वरिष्ठ अधिकारी वुल्फगांग निडरमार्कले अमेरिका र युरोपबीचको व्यापारिक तनावले आर्थिक पुनरुत्थान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यप्रति विश्वासमा आघात पुग्ने बताए ।
महासङ्घले जर्मन सरकार, युरोपेली आयोग र अमेरिकी प्रशासनबीच तत्काल संवाद र सहमतिका लागि आह्वान गर्दै तनाव नियन्त्रणमा राख्न जोड दिएको छ । अमेरिका जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदार मानिन्छ ।
राष्ट्रपति ट्रम्पले यसअघि पनि २० भन्दा बढी साझेदार राष्ट्रहरूलाई पत्र पठाउँदै आगामी कर नीतिका बारेमा चेतावनी दिइसकेका छन। उनले युरोपेली सङ्घसँगको व्यापार घाटा न्यूनीकरण गर्न नयाँ करहरू चाँडै लागू गरिने सङ्केत दिएका छन् ।
News Desk 0 response आइतवार, असार २९, २०८२

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


