

-
किभ : युक्रेनको राजधानी किभमा एक वरिष्ठ युक्रेनी गुप्तचर अधिकारीको दिनदहाडै गोली हानी हत्या भएको अधिकारीहरूले बताएका छन्।
सामाजिक सञ्जालमा प्रसारित फुटेजमा देखिएअनुसार, युक्रेनको आन्तरिक सुरक्षा सेवा ९एसबीयू० का ती एजेन्टलाई एक अज्ञात आक्रमणकारीले पार्किङमा गाडीभित्रै धेरै गोली हानेर फरार भएका थिए।
गुप्तचर निकायले पीडितको पहिचान खुलाएको छैन, तर युक्रेनी सञ्चार माध्यमहरूले उनको नाम कर्णेल इभान भोरोनिच भएको बताएका छन्।
एसबीयू मुख्यतया आन्तरिक सुरक्षा र प्रतिगुप्तचरसम्बन्धी कार्य गर्दछ । तर, २०२२ मा रुसको पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि यसले रुसभित्रै हत्या र आक्रमणहरूमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।
युक्रेनको सुरक्षा सेवाका स्रोतहरूले सञ्चार माध्यमहरूलाई डिसेम्बर २०२४ मा उच्च पदस्थ रुसी जनरल इगोर किरिलोभको हत्यामा आफूहरूको संलग्नता रहेको बताएका थिए। यस वर्षको सुरुमा जनरल यारोस्लाभ मोस्कालिकको मस्कोमा कार बम आक्रमणमा हत्या भएको थियो – जुन घटनाको लागि क्रेमलिनले किभलाई दोषी ठहराएको थियो। युक्रेनको सुरक्षा सेवाले यी मृत्युहरूको जिम्मेवारी आधिकारिक रूपमा स्वीकार गरेको छैन।
एसबीयू वा किभ प्रहरी कसैले पनि गोलीकाण्डको सम्भावित कारणबारे केही बताएका छैनन् ।
News Desk 0 response शुक्रबार, असार २७, २०८२

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


