

-
रामपुर (पाल्पा) । धान, मकै, गहुँलगायतका अन्नबाली उत्पादन हुने जग्गामा रामपुर नगरपालिका–७ बस्ने कृषक मनोरथ भट्टराईले कागतीखेती शुरु गर्नुभएको छ । अन्नबालीको तुलनामा कागतीखेतीले राम्रो फाइदा हुने सम्भावना देखेपछि व्यावसायिक तवरले कागती लगाउनुभएको छ । करिब सात रोपनी क्षेत्रफलमा ४०० बोट कागती लगाउनुभएको छ ।
बजारमा कागतीको माग बढ्दो र यसबाट राम्रो कमाई गर्न सकिने भएपछि भट्टराईले व्यावसायिक तवरले कागती लगाउनुभएको हो । चार वर्ष अघिदेखि कागतीखेती शुरु गर्नुभएका भट्टराईले अब १०० बोट थप गरी ५०० बोट पुर्याउने लक्ष्य लिनुभएको छ । “राम्रै धान, मकै, गहुँ फल्ने जग्गा छ, अन्नबाली लगाएर निर्वाहमुखी मात्र भइयो, अब कागती लगाएर आम्दानी गर्ने सोच बनाएको छु” भट्टराईले भन्नुभयो ।
कागतीले धानको तुलनामा तेब्बर बढी आम्दानी दिने भएकाले दीर्घकालीन आयस्रोत लिन कागती लगाउन थालेको उहाँले बताउनुभयो । “राम्रो स्याहार संरक्षण गरेपछि एक वटा बोटमा दुई हजार कागती उत्पादन लिन सकिन्छ, त्यसमा पनि एक हजार फले पनि ५०० बोटबाट वर्षमा कम्तीमा पनि सजिलोसँग रु १० लाख त कमाउन सकिन्छ” उहाँले भन्नुभयो । उहाँले वर्षमा ४० मुरी धान उत्पादन हुने खेतभरि अहिले कागती लगाएर हरियाली बनाउनुभएको छ ।
रामपुर नगरपालिका कृषि शाखाले अनुदानमा कागतीका बिरुवा उपलब्ध गराउन थालेपछि कागतीखेतीमा कृषकको आकर्षण बढ्दो रहेको कृषि शाखा प्रमुख तथा सूचना अधिकारी रामप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७५/७६ मा स्थानीय जातका तीन हजार ५००, सुन कागती एक हजार ५०० बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरपालिकाका सूचना अधिकारी पाण्डेयले बताउनुभयो । उहाँका अनुसार रामपुर नगरपालिका क्षेत्रमा करीब २४ जना जति कृषक कागतीखेतीमा आबद्ध रहेका छन् । कागतीभित्र विभिन्न घुसुवा बाली लगाएर मनग्य आम्दानी लिन सकिन्छ । बजारमा कागतीको मूल्य बढ्दो रहेको हुँदा अन्नबालीको तुलनामा यसबाट कृषकले राम्रो कमाई गर्न सक्नेछन् । रासस
News Desk 0 response सोमवार, माघ २७, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३
-
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३



