• काठमाडौं : एएफसी एशियन कप २०२७ को छनोटअन्तर्गत समूह एफको दोस्रो खेलमा नेपाल लाओससँग पराजित भएको छ ।

    न्यु लाओस नेशनल स्टेडियममा भर्खरै सकिएको खेलमा नेपाल लाओससँग २(१ गोलले पराजित भयो । लाओसका दमोथ थोङखामसभाटले खेलको १३औं र पिटर फाङथाभोङले ४९औं मिनेटमा गोल गरे ।

    नेपाल लाओससँगको अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक पराजित भएको हो । यसअघिका ६ भेटमा नेपाल ३ खेलमा विजयी हुँदा ३ खेल बराबरीमा सकिएको थियो ।

    यो हारले नेपाल तेस्रो चरणको छनोटको समूह ुएफु मा २ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ । नेपाल आफ्नो पहिलो खेलमा मलेशियासँग पनि हारेको थियो । यो समूहमा नेपाल, लाओस, मलेशिया र भियतनाम छन् ।