

-
चितवन । चार्टर एकाउन्टेन्ट अध्ययन पुरा गरेका तीन युवाले संयुक्त लगानीमा नारायणगढको प्रगतिपथमा ‘नेपाल एक्वेरियम एन्ड डेकोरेशन हाउस’ नामक व्यवसाय सञ्चालनमा ल्याएका छन् ।
भरतपुर र काठमाडौँमा लेखा परीक्षण कार्यमा संलग्न सुशील घिमिरे, मुस्ताफा आलम र सन्तोष रेग्मीले संयुक्त लगानीमा सो व्यवसाय शुरुआत गर्नुभएको हो । रु ४० लाख लगानीमा उहाँहरुले चीन र थाइल्यान्डबाट तयारी एक्वेरियम भित्र्याएर चितवनसहित विभिन्न जिल्लामा बिक्री गर्दै आउनुभएको छ । यससँगै थाइल्यान्डबाट ४० प्रजातिका माछा झिकाएर यहाँको बजारमा बिक्री गरिने व्यवसायी घिमिरेले जानकारी दिनुभयो । रिसाहा र शान्त दवै प्रजातिका ती माछा सफा पानीमा रमाउने गर्दछन् ।
अर्का व्यवसायी आलमले यस वर्ष रु एक करोडको माछा, एक्वेरियम, दाना, औषधि, ढुङ्गालगायत वस्तु बिक्री गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । नियमित सेवा लिन आउनेहरुको सङ्ख्या २५० हाराहारी भएको उहाँहरुले जानकारी दिनुभयो । रु दुई हजार ५०० देखि दुई लाखसम्मका एक्वेरियम मूल्य रहेको बताइएको छ ।
उच्च गुणस्तरका खानासँगै माछाको उपचारसमेत हुने भएकाले धेरैको मन जित्न सकेको बताइएको छ । वास्तु हेरेर ठाउँ मिलाएर मात्र एक्वेरियम राख्ने गरिन्छ । जिउँदो माछा सफा पानीमा खेल्दै गरेको दृश्य हेरेर बालबालिकामा मात्र होइन वृद्धवृद्धासम्मलाई आनन्द दिलाउँछ । व्यवसायी आलमले भन्नुभयो, “अनेक थरीका रोगीका लागि पनि माछाको दृश्य फाइदाजनक हुन्छ ।”
मकवानपुर र नवलपरासीदेखि माछा लिन यहाँ आउने गर्दछन् । देशैभर व्यवसाय विस्तार गर्ने तयारीमा रहेको उहाँहरुले जानकारी दिनुभयो । नियमित लेखा परीक्षणको कामले दिक्क हुँदा केहीबेर आफ्नो पसलमा रहेका माछा हेरेर निकै सन्तुष्ट मिल्ने गरेको उहाँहरुले बताउनुभयो । व्यवसायी घिमिरेले भन्नुभयो, “आम्दानी त धेरै हुँदैन तर व्यवसायले ज्ञानसँगै आनन्द भने दिलाएको छ ।” रासस
News Desk 0 response सोमवार, माघ २७, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३
-
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३



