• काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सहमहामन्त्री सुमना श्रेष्ठ र प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहको राजीनामा स्वीकृत गरेको छ ।

    आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले श्रेष्ठ र शाहले पदबाट दिएको राजीनामा स्वीकृत गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

    प्रतिनिधि सभा सदस्य समेत रहेकी श्रेष्ठले पार्टीमा ’एक पद, एक व्यक्ति’ हुनुपर्ने भन्दै सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । यस्तै शाहले नेतृत्व विकासमा पार्टीले प्राथमिकता नदिएको भन्दै राजीनामा दिएका थिए ।