

-
सिन्धुपाल्चोक ।
बाह्रबिसे–तातोपानी सडकखण्डका बिभिन्न स्थानमा भासिएर अवरुद्ध भएको १५ दिन बढी भईसकेको छ ।
कोप्लाङ भन्ने ठाउँमा सडक भासिँदा तातोपानी नाका ठप्प भयो । भोटेकोशी गाउँपालिका–२ कोप्लाङमा १५ फिट भासिएर अवरुद्ध बनेको नाका जोड्ने कोदारी राजमार्ग अहिलेससम्म सञ्चालनमा आउन सकेन ।
यातायात अवरुद्ध हुँदा करोडौँ मूल्यका सामग्री बोकेका सयौं कन्टेनर लिपिङ बजारक्षेत्रमा रोकिएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका वरिष्ठउपाध्यक्ष गङ्गाबहादुर घिमिरे ‘सागर’ ले बताए । ठूला भारका कन्टेनर पार हुने अवस्था नभएकाले नाकाका व्यवसायीलाई समस्या परेको घिमिरेको भनाई छ ।
यसको अन्य वैकल्पिक मार्ग नि नभएका कारण मानिसहरूलाई माईती मावली आउजाउ गर्न पनि समस्या परिरहेको छ । अहिले स्थानीय तह पनि जुटेर काम गरिरहेको भोटेकोशी–२ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए ।अन्य स्थानमा पनि सडक अवरुद्ध छ । बैशाखमै समस्या आएपछि व्यवसायीलाई समस्या परिरहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेत बताउँछन् ।
चीन तर्फबाट थोरै मालबाहक गाडी छोडिएको छ । झन् नेपालतर्फ बाटो अवरुद्ध भएपछि व्यवसायी थप पीडामा परेको घिमिरेको भनाई छ ।
सामान ढिलो आउनु र सडक अवरुद्ध हुनुले लगानी बढिरहेको व्यवसायीहरूको भनाई छ । यसअघि सडकका कारण लामो समय कन्टेनर बाटोमा थन्किँदा बैङ्कको ब्याज, गोदाम भाडा र कर्मचारीका तलबका कारण सयौँ व्यवसायी पेसाबाट पलायन भएका थिए ।
यसबाहेक चीनले खासा र यहाँसम्म पुग्ने करिब ७ किमि सडक र सुरुङ मार्ग निर्माण गरिरहेकाले समयसमयमा कन्टेनर आउजाउमा ढिलाइ हुने गरेको छ ।यस आर्थिक वर्षमा २१ अर्ब ८२ करोड राजस्व सङ्कलनको लक्ष्य राखिएकोमा करिब पूरा भएको छ, गएको पुसमा मात्रै एक अर्ब ८४ करोड राजस्व उठेको थियो ।
‘राज्यले खासै ध्यान नदिएको कारण समस्या’
गङ्गाबहादुर घिमिरे ‘सागर’
बरिष्ठउपाध्यक्ष, हिमालय सीमापार वाणिज्य संघ
तातोपानी नाका व्यवसायका लागि छोटो रुट हो । चीन र नेपालबीच हुने व्यापार हुने यो नाका सँधै राज्यको उपेक्षामा छ । हेर्नुस् न, बैशाखमै आएको बाढीले सडक अवरुद्ध भयो । बिग्रेको बाटो हेर्ने हो भने दश मिटर पनि छैन । जम्मा पाँच किलोमिटर बाटो स्तरीय बनाइदिने हो भने सहज हुन्छ । तर, यो विषयमा राज्यको माथिल्लो निकाय जिम्मेवार देखिएन । भौतिक तथा पूर्वाधार मन्त्रालयदेखि सडक विभागसम्म पटक पटक बिन्ती गरेका छौँ । हुन्छ भन्ने आश्वासन वाहेक भएन । अन्तर्राष्ट्रिय नाका हो । सन्देशको हिसाबले पनि जागरुक हुनुपर्ने हो ।
उत्तरी नाका उपेक्षामा छ । वार्षिक २२ अरब रुपैयाँको लक्ष्य अनुसार राजस्व सङ्कलन भइरहेको छ । तर, सडकमार्ग स्तरोन्नतिमा कुनै सरकारको ध्यान गएन । राजस्वको लक्ष्य पूरा गर्न पर्ने सामान खासा र नेलममा थन्किएको छ । अब झन् वर्षा लागि सक्यो । झन् समस्या आउँछ ।नाका मात्र होइन । यहाँ त मानवीय संवेदनाका कुराहरू पनि छन् । यहाँ बसोवास गर्ने स्थानीय समुदायको माइती मावली आवतजावत गर्न पनि समस्या भएका छन् । मानिस बिरामी भएभने हेलिकप्टर लिएर जानुपर्ने अवस्था छ । पैसा हुनेले हेलिकप्टर लैजालान् । गरिवहरु के गर्ने ? त्यसकारण यो नाकाको सडक मार्ग स्तरोन्नती गर्न लाग्नु पर्दछ ।
News Desk 0 response मङ्लबार, जेष्ठ ७, २०८२

सम्बन्धित शीर्षकहरु
-
आज अक्षय तृतीया : सातु र सर्वत..
सोमवार, बैशाख ७, २०८३ -
भारतको तामिलनाडुमा पटाका उद्योगमा विष्फोट हुँदा २४..
सोमवार, बैशाख ७, २०८३ -
सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिने तयारी
सोमवार, बैशाख ७, २०८३ -
रुसी तेल किन्न पाउने सीमा एक महिना..
आइतवार, बैशाख ६, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३
-
आज अक्षय तृतीया : सातु र सर्वत..
सोमवार, बैशाख ७, २०८३ -
भारतको तामिलनाडुमा पटाका उद्योगमा विष्फोट हुँदा २४..
सोमवार, बैशाख ७, २०८३ -
सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिने तयारी
सोमवार, बैशाख ७, २०८३ -
रुसी तेल किन्न पाउने सीमा एक महिना..
आइतवार, बैशाख ६, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि मागे हप्तामा दुई..
आइतवार, चैत्र २९, २०८२ -
नयाबर्षदेखि काठमाडौंमा राती पनि सार्वजनिक बस चल्ने
सोमवार, चैत्र ३०, २०८२ -
सबैभन्दा कम उमेरमा उपसभामुख भइन् रुबी
शुक्रबार, चैत्र २७, २०८२ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३



