

एघार वर्ष कार्यालय नटेकेपनि जागिर कायमै
स्वास्थ्य नियमावलीअनुसार ९० दिनसम्म बिना सूचना कार्यालयमा अनुपस्थित भए विभागीय प्रमुखले स्वतः अवकाश गर्न सक्ने
-
जाजरकोट ।
बिना जानकारी ९० दिनसम्म लगातार गयल भए कुनै पनि कर्मचारीको जागिर स्वतः अवकाश हुने कानूनी प्रावधान छ, तर ११ वर्षसम्म कार्यालयमा हाजिर नहुँदा पनि जिल्ला अस्पताल, जाजरकोटमा कार्यरत एकजना स्वास्थ्यकर्मीको जागिर कायमै छ ।
अस्पतालमा कार्यरत छैटौँ तहका स्वास्थ्य सहायक धनिकलाल यादव २०६४ सालदेखि सम्पर्कविहीन छन् । उनी कहाँ छन् के गरिरहेका छन्, अस्पताललाई कुनै जानकारी छैन तर उनी कार्यरत दरबन्दी उनकै नाममा होल्ड भएर बसेको छ ।
स्वास्थ्य सेवा ऐन र नियमावलीअनुसार ९० दिनसम्म बिना सूचना कार्यालयमा अनपस्थित भए विभागीय प्रमुखले स्वतः अवकाश गर्न सक्ने कानूनी प्रावधान छ । अस्पताल प्रशासनले उनलाई कारबाहीका लागि सम्बन्धित निकायमा पटकपटक लिखित पत्राचार गरे पनि सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका प्रशासन प्रमुख दशरथ लामिछानेका अनुसार यादवले पाउने सबै बिदा सकिइसकेका छन् । यस अवधिमा उनले कार्यालयबाट तलबसमेत लिएका छैनन् । स्रोतका अनुसार मेडिकल अधिकृतको अध्ययन पूरा गरिसकेका यादवले सर्लाहीको लहानमा निजी क्लिनिक सञ्चालन गरेर बसिरहेका छन् ।
नियमित हाजिर भएर पाउने सुविधाभन्दा निजी क्लिनिकमा धेरै पैसा कमाइ हुुने त छँदैछ पहुँचको भरमा यसरी नै जागिर जोगाउन सकिए पेन्सनलगायतका सुविधा उपयोग गर्न पनि उनले जागिर होल्ड गरेर बसेका छन् ।
हाजिर हुन आउनेबारे उनको घर ठेगानामा पत्राचार गरिएको, सञ्चारमाध्यमबाट सार्वजनिक सूचना जारीसमेत गरिसकिएको छ तर कारबाही हुन सकेन, अस्पतालका प्रशासन प्रमुख लामिछानेले भने, ‘लामो समय बिना सूचना अनुपस्थित हुने स्वास्थ्य सहायक यादवलाई अवकाश गर्नसक्ने अधिकार स्वास्थ्य सेवा विभागलाई छ तर कानूनी झमेलाका कारण बरखास्त नहुँदा उनको पद लामो समयदेखि होल्ड भएर बसेको छ । उहाँको कारबाही नहुँदासम्म अर्को पदपूर्तिसमेत हुन सक्दैन जसले गर्दा उपचार सेवा समेत प्रभावित भएको छ ।’
अस्पताल प्रमुख डा। केशरजंग कार्कीले लामो समयदेखि अस्पतालमा कार्यरत स्वास्थ्य सहायक सम्पर्कविहीन हुँदा उपचार सेवा प्रभावित भएको बताए । दरबन्दी होल्ड छ, यादवलाई कारबाही गरी पदपूर्ति गर्न बारम्बार विभागमा ताकेता गर्दा पनि सुनुवाइ नभएको उनले गुनासो गरे ।
News Desk 0 response बिहिबार, बैशाख २०, २०७५
रासस

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



