

-
खाडी क्षेत्रको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका छन् । आफ्नो दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक यात्राका क्रममा ट्रम्पले साउदीका युवराजसँग भेट गरेका बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिले साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) को चार दिने भ्रमणमा अमेरिकामा उल्लेखनीय नयाँ लगानी सुरक्षित गर्ने आशा राखेका छन् । ट्रम्पले यस भ्रमणमा घोषणा गर्ने सम्झौताहरूमा साउदीले १०० अर्ब डलरभन्दा बढीको अमेरिकी हतियार र अन्य सैन्य उपकरणहरू खरिद गर्ने सम्झौता पनि समावेश भएको बताइएको छ । ट्रम्पको प्राथमिकता सूचीमा कूटनीतिक वा सुरक्षा चासोको सट्टा आर्थिक मुद्दाहरू समावेश छन् ।
ट्रम्प, साउदी युवराज मोहम्मद बिन सलमान र रियादमा दिउँसोको खानामा सहभागी भएका विशिष्ट व्यक्तिहरूले एकअर्कासँग हात मिलाएका छन् । त्यहाँ ओपनएआई र एनभिडियाका प्रमुखका साथै ट्रम्पका सल्लाहकार एवम् टेस्लाका मालिक एलन मस्क पनि थिए । भ्रमणका क्रममा अरब नेताहरूले गाजामा पीडा कम गर्न ट्रम्पलाई दबाव दिने खबरमा उल्लेख छ ।
यसैबीच ट्रम्पले प्यालेस्टिनी विद्रोही समूह हमासले रिहा गरेको इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्यान्डरसँग कुराकानी गरेका छन् । अमेरिकी राष्ट्रपतिको मध्यपूर्व भ्रमणको पूर्वसन्ध्यामा हमासले अलेक्जयान्डरलाई रिहा गरेको हो । हमासले यसलाई गाजामा युद्धविराम सम्झौतामा पुग्ने प्रयासको एक हिस्साका रूपमा लिएको छ ।
News Desk 0 response मङ्लबार, बैशाख ३०, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


