

-
काठमाडौं : आइसीसी १९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि सुरु हुँदैछ । घरेलु टोली नेपालले आज यूएईसँग आफ्नो पहिलो खेल खेल्दै छ । यो खेल मूलपानीको तल्लो क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
यस मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल हुन लागेको हो । यस्तै माथिल्लो क्रिकेट मैदानमा अफगानिस्तान र ओमानबीच अर्को खेल पनि बिहान ९ बजेदेखि सुरु हुँदैछ । प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । नेपालले भोलि ओमानसँग, बुधवार हङकङसँग र शनिवार अफगानिस्तानसँग खेल्नेछ ।
राउन्ड रोबिन लिगमा सबैभन्दा धेरै अङ्क ल्याउने टोली विजेता बन्दै १९ वर्षमुनिको विश्वकपमा पुग्नेछ । आजदेखि शुरु हुने खेल आउँदो वैशाख ६ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको १९ वर्षमुनिको विश्वकपमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको थियो । समूह चरणबाटै बाहिरिएपछि टेस्ट मान्यताप्राप्त अफगानिस्तान अहिले एशिया छनोट खेल्न आएको हो ।
राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिता विजेता २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी १९ वर्षमुनिको विश्वकपका लागि छनोट हुनेछ । नेपालले अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँग तीन एकदिवसीय खेल खेलेर प्रतियोगिताको तयारी गरेको थियो । त्यसमा नेपाल २–१ ले पराजित भएको थियो ।
यसैबीच नेपालले १९ वर्षमुनिको विश्वकप छनोट तेस्रो पटक आयोजना गर्न लागेको हो । यसअघि सन् २००१ र २००५ मा गरी घरेलु मैदानमा दुई पटक आयोजना भएको एसीसी १९ वर्षमुनिको कप जित्दै नेपाल १९ वर्षमुनिको विश्वकपमा पुगेको थियो । नेपालले आठ पटक १९ वर्षमुनिको विश्वकप खेलिसकेको छ ।
News Desk 0 response आइतवार, चैत्र ३०, २०८१

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



