

-
चीनले अमेरिकाबाट आयात हुने सामानमा थप ५० प्रतिशत कर लगाएको छ । अमेरिकाले लगाएको १०४ प्रतिशत करको बदलामा चीनको अर्थ मन्त्रालयले अमेरिकाबाट आयात हुने सबै सामानमा थप ५० प्रतिशत कर लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ ।
योसँगै अब अमेरिकाबाट चीन आयात हुने सामानमा जम्मा कर ८४ प्रतिशत पुगेको छ । यसअघि चीनले ३४ प्रतिशत कर लगाएको थियो । यो कर भोलिदेखि लागू हुने मन्त्रालयले जनाएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा थप ५० प्रतिशत कर लगाएका थिए। योसँगै अमेरिका भित्रिने चिनियाँ सामानमा कुल कर १०४ प्रतिशत पुगेको छ ।
आफ्नो दोस्रो कार्यकालको शुरूमा ट्रम्पले चीनमा २० प्रतिशत कर लगाएका थिए । त्यसपछि उनले विश्वभर कर लगाउने घोषणा गर्दै चीनमा थप ३४ प्रतिशत कर लगाएका थिए ।
यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी करको प्रतिरोध गर्न चीनले आफ्ना छिमेकी देशहरूसँगको सम्बन्ध बलियो बनाउनुपर्ने बताएका छन् । उनले एशियाली देशहरूले राम्रो भविष्यका लागि मिलेर काम गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
अमेरिका र चीनबीच व्यापार युद्ध चर्किँदै गएको छ । यही अवस्था रहेमा दुई देशबीच पूर्ण स्तरको व्यापार युद्ध हुने सम्भावना देखिएको छ ।
अमेरिका र चीन विश्वका शीर्षस्थ अर्थतन्त्र हुन् । गएको वर्ष दुई देशबीच ५८५ अर्ब अमेरिकी डलर बराबरको सामान व्यापार भएको थियो । अमेरिकाले ४४० अर्ब डलरको आयात गर्दा चीनले जम्मा १४५ अर्ब डलर बराबरको मात्रै आयात गरेको थियो ।
News Desk 0 response बुधबार, चैत्र २६, २०८१

सम्बन्धित शीर्षकहरु
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
बुधबार, जेष्ठ २७, २०८३
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



