

-
काठमाडौँ : चैत १५ मा तीनकुनेमा भएको राजावादीको प्रदर्शनको घटनाबारे अनुसन्धान गर्नका लागि छानबिन आयोग नै गठन गर्नुपर्ने प्रमुख प्रतिपक्ष दलले माग गरेको छ ।
प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रवारको बैठकमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र माओवादी सांसद दुर्गा राईले यस्तो माग गरेका हुन् ।
प्रमुख सचेतक पाण्डेले भने, बालकुमारीमा पनि यस्तै घटना भएको थियो, आयोग नै बनेको थियो, गृहमन्त्रीले यो समितिको बैठकमा बोल्दा छानबिन आयोग गठनको कुरा त उठाउनुभएन के हो ?
सांसद दुर्गा राईले प्रहरीको अनुसन्धानबाट मात्रै सबै विषय नआउने भन्दै छानबिन आयोग नै गठन गर्न माग गरिन् । उनले भनिन्, यो १५ गतेको घटनाका लागि छानबिन आयोग बन्नुपर्छ । हाम्रो पार्टी र मेरो व्यक्तिगत माग छ । सुरक्षाकर्मीबाट आएको प्रतिवेदनले मात्रै यो विषय सम्बोधन हुन सक्दैन ।
सांसद राईले सरकाले एकै दिन दुई वटा कार्यक्रमका लागि अनुमति दिएर लापरबाही गरेको बताइन् । उनले भनिन्, कार्यक्रम स्थल संवेदनशील ठाउँमा थियो, यसमा सरकारको लापरबाही गर्यो । संविधानको रक्षाका लागि समाजवादी मोर्चाको आन्दोलन थियो ।
१४ गते निर्मल निवासमा कमाण्डर परिवर्तन गरेर फोटो सार्वजनिक गर्दा सरकार किन मौन भएर बस्यो रु सरकारको तयारी पुगेन । सशस्त्र प्रहरी बलको क्षति जवानमा भएको छ, सरकारले निर्देशन दिए अनुसार गर्ने हो । एकै दिन दुई वटा कार्यक्रमका लागि अनुमति किन दिइयो ? सदनमा प्रधानमन्त्रीको जवाफ माग्दा १५ गते किन समय दिइएन ?
सांसद राईले सरकारले अध्यादेश पारित गर्नमा मात्रै ध्यान दिएको तर, राजावादीको प्रदर्शन र सदनमा जवाफ दिनमा ध्यान नदिएको बताइन । उनले भनिन्, सरकारको ध्यान अध्यादेशमार्फत ल्याएको विधेयक पारित गर्नमा मात्रै थियो, १८ गते ६० दिन पुग्छ भनेर सरकार आत्तिएको थियो । अबदेखि यस्ता घटनामा सरकार सचेत रहोस् ।’
News Desk 0 response शुक्रबार, चैत्र २१, २०८१

सम्बन्धित शीर्षकहरु
-
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
‘वुल्कन’ रकेट प्रक्षेपण असफल, एमेजोनका ४० इन्टरनेट..
सोमवार, मंसिर १, २०८३ -
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३
-
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३
-
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३


