

-
काठमाडौं : काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले थप सात जनालाई पक्राउ गरेको छ ।
गएको शुक्रवार राजावादी समूहको तीनकुनेमा आयोजित कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीहरूलाई आगजनी, तोडफोड गरी राज्य विरूद्धको कसूर र आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच यसअघि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनाविरुद्ध जिल्ला अदालत काठमाण्डौले ६ दिनको म्याद थप गरेको छ । उनीहरुमाथि अनुसन्धानका लागि अदालतबाट थप ६ दिन थुनामा राख्न जिल्ला न्यायाधीश ढाकाराम पौडेलको इजलासले हिजो आदेश दिएको हो ।
तीनकुनेबाट पक्राउ परेका उनीहरूविरुद्ध पहिलो पटक ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । प्रहरीका अनुसार राणा र मिश्रसहित ११ जनालाई राज्यविरुद्धको कसूरसहित आपराधिक उपद्रव र सङ्गठित अपराधसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको छ ।
हिंसात्मक प्रदर्शनमा संलग्नमध्ये १ सय १२ जनालाई प्रहरीले पक्राउ गरे पनि स्वागत नेपाललगायत ८१ जनालाई सामान्य सोधपुछपछि प्रहरीले हाजिरी जमानीमा छोडेको छ ।
तीनकुनेमा राजावादीले गरेको प्रदर्शनले हिंसात्मक रूप लिँदा दुई जनाको ज्यान गएको थियो भने प्रहरी र प्रदर्शनकारीसहित बाटो हिँड्नेसमेत गरी १ सय २९ जना घाइते भएका थिए । २४ जना घाइतेको अहिले पनि उपचार भइरहेको छ ।
News Desk 0 response बिहिबार, चैत्र २०, २०८१

सम्बन्धित शीर्षकहरु
-
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
‘वुल्कन’ रकेट प्रक्षेपण असफल, एमेजोनका ४० इन्टरनेट..
सोमवार, मंसिर १, २०८३ -
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३
-
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३
-
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३


