

-
गलकोट । बागलुङ जिल्लाको गलकोटका एक युवाले व्यावसायिक कागती खेती शुरु गर्नुभएको छ । गलकोट नगरपालिका–११ रिघाका २९ वर्षीय दानबहादुर श्रीषले व्यावसायिक रुपमा कागती खेती शुरु गर्नुभएको हो । गाउँमा बाँझो रहेको जमीन खरिद गरेर गत साउनमा एक हजार ५०० कागतीका बिरुवा लगाएको श्रीषले बताउनुभयो ।
बाँझो भएको पाखोबारीलाई सदुपयोग गरी व्यावसायिक कागती खेतीसँगै बाख्रापालन गर्ने सोचका साथ गत वर्ष मात्रै १२० रोपनी जग्गा खरिद गर्नुभएको थियो । “प्रारम्भिक सम्भाव्यता अध्ययनपछि मैले ३६ रोपनी जग्गामा गत वर्ष एक हजार ५०० कागतीका बिरुवा लगाएको छु”, श्रीषले भन्नुभयो, “खाली र झाडी बन्दै गएको जमीनमा कागती खेतीसहित बाख्रापालन गर्न थालेको छु ।” कागती खेतीका लागि आवश्यक मल उत्पादन गर्नका लागि बाख्रापालनसमेत थालेको श्रीषले बताउनुभयो । ३० बाख्रा पाल्ने क्षमताको खोर निर्माणमा अहिले क्रियाशील हुनुहुन्छ ।
जग्गा खरिद, व्यवस्थापन, बिरुवा खरिद तथा खोर निर्माणका लागि झण्डै रु २३ लाख लगानी गरिसकेको श्रीष बताउनुहुन्छ । तीव्र बसाइँसराइका कारण बाँझो जग्गा खेर जान थालेपछि गाउँमै व्यावसायिकरूपमा कृषि उद्यम गर्ने सोचमा पुगेर दुई वर्षअघि श्रीष कृषि तथा पशु फार्म दर्ता गर्नुभएको छ ।
गलकोट बजारमा भारतबाट आयात गरिएको कागती भित्रिएको देखेपछि कागती खेती गर्ने सोचमा पुगेर दैलेखबाट बिरुवा ल्याएर रोपेको श्रीषको भनाइ छ । हजुरबाबा भीमबहादुर श्रीषको प्रेरणाले स्वदेशमै केही गर्ने सोच पलाएको युवा कृषक श्रीष बताउनुहुन्छ ।
युवाहरु उत्पादनसँग नजोडिने हो भने विदेश पलायनको विकल्प नहुने अवस्था अहिले विद्यमान रहेको उहाँले बताउनुभयो । श्रीषको फार्मलाई कृषि ज्ञान केन्द्र पर्र्वतले रु दुई लाख र गलकोट नगरपालिकाले रु ५० हजार उपलब्ध गराएको गलकोट नगरपालिका–१० का अध्यक्ष डम्मर श्रीषले जानकारी दिनुभयो । नगरपालिकामा व्यावसायिकरूपमा कागती खेतीको राम्रो सम्भावना भएकाले नगरले कागतीको बिरुवामा अनुदानको कार्यक्रम समावेश गर्दै आएको वडाध्यक्ष श्रीषको भनाइ छ ।
समुद्री सतहबाट एक हजार ३०० मिटरसम्म कागती खेतीको राम्रो सम्भावना भएका कारण गलकोट नगरपालिकाले गत वर्ष नगरपालिकाभर छ हजार कागतीका बिरुवा अनुदानमा वितरण गरेको गलकोट नगरपालिका कृषि तथा पशु शाखा संयोजक हरिदत्त सुवेदीले जानकारी दिनुभयो । गलकोटममा मात्रै अहिले पाँचजनाले व्यावसायिकरूपमा कागती खेती थालेको गलकोट नगरपालिकाले जनाएको छ ।
कागती स्वास्थ्यका लागिसमेत निकै लाभदायक मानिन्छ । यसबाट भिटामिन ‘सी’ प्राप्त हुन्छ । कागतीको चुक अमिलो उत्पादन, अमिलो अचारलगायत विभिन्न परिकार बनाउन पनि कागती उपयोग गर्ने गरिन्छ । गलकोट क्षेत्रमा कागती उत्पादन भएमा बागलुङमा भारतबाट आयातीत गर्नुपर्ने बाध्यतासमेत अन्त्य हुने कृषकहरु बताउँछन् । रासस
News Desk 0 response बुधबार, माघ २२, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३
-
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३



