

-
काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँ टावर परियोजनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकारको रवैयामाथि कडा प्रश्न उठाएका छन्। उनले फेसबुकमार्फत उक्त प्रतिवेदन सार्वजनिक गर्दै लेखेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने। माथिको कुरा गलत भए मलाई जेल हाल’
उनको यो भनाइले काठमाडौँ टावर परियोजनासँग जोडिएको अनियमितता, प्रशासनिक कमजोरी र सरकारको भूमिकाप्रति असन्तुष्टि प्रकट गरेको देखिन्छ।
काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कमा निर्माण गर्न लागेको काठमाडौँ टावर सम्झौताअनुसार पाँच वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि निर्धारित समय सीमाभित्र काम नसकिएपछि परियोजना विवादमा परेको हो।
काठमाडौँ महानगरपालिकाले उक्त परियोजनासम्बन्धी छानबिनका लागि समिति गठन गरेको थियो। समितिले थप अनुसन्धानका लागि म्याद थप्न निवेदन दिएको थियो। तर, मेयर साहले २०८१ फागुन १८ गते समितिको म्याद थप नगर्ने निर्णय गर्दै सार्वजनिक निर्माण विभाग, कानुन विभाग र शहरी व्यवस्थापन विभागलाई आवश्यक अध्ययन गरी संयुक्त राय पेश गर्न निर्देशन दिएका थिए।
उनको यो अभिव्यक्तिले काठमाडौँ टावर परियोजनासँग सम्बन्धित विवादलाई थप चर्काएको छ। अब सरकार र सम्बन्धित निकायले यसबारे के कदम चाल्छन् भन्ने विषय चासोको केन्द्र बनेको छ।
News Desk 0 response मङ्लबार, चैत्र ११, २०८१

सम्बन्धित शीर्षकहरु
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
‘वुल्कन’ रकेट प्रक्षेपण असफल, एमेजोनका ४० इन्टरनेट..
सोमवार, मंसिर १, २०८३ -
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३
-
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३


