

-
काठमाडौं : बितेको तीन दशकमा नेपालको चरम गरिबी उल्लेखनीय रूपमा घटेको विश्व बैंकले जनाएको छ । आज सार्वजनिक नेपाल राष्ट्रगत आर्थिक परिदृश्य नामक प्रतिवेदन अनुसार सन् १९९५ मा ५५ प्रतिशत रहेको नेपालको चरम गरिबी सन् २०२३ सम्म घटेर शून्य दशमलव ३७ प्रतिशत मात्र रहेको छ ।
प्रतिदिन सरदर २ दशमलव १५ अमेरिकी डलर अर्थात् झन्डै तीन सय रुपैयाँभन्दा कम कमाउनेलाई विश्व बैंकले चरम गरिब मान्ने गरेको छ । यस्तै प्रतिदिन ६ दशमलव ८५ डलर अर्थात् नौ सय ५८ रुपैयाँभन्दा कम कमाउनेलाई गरिब मानिन्छ । नेपालमा यस्तो जनसङ्ख्या भने ५० प्रतिशत रहेको छ । ३० वर्षअघि यो जनसङ्ख्या ९० प्रतिशत थियो ।
यस्तै विश्व बैंकले आफ्नो प्रतिवेदनमा नेपालको चरम गरिबी उल्लेख्य रूपमा घट्नुमा रेमिट्यान्सको भूमिका मुख्य र महत्त्वपूर्ण रहेको उल्लेख छ ।
चरम गरिबी निवारणमा सफलता हासिल गरे पनि नेपालको आर्थिक वृद्धि भने कमजोर रहेको विश्व बैंकले जनाएको छ । प्रतिवेदन अनुसार सन् १९९६ देखि २०२३ अवधिमा नेपालको अर्थतन्त्र वार्षिक औसतमा ४ दशमलव २ प्रतिशतले बढेको छ । यो दक्षिण एशियाका आठ देशमध्ये छैटौं स्थानमा पर्छ । नेपालभन्दा पछाडि माल्दिभ्स र श्रीलङ्का छन् ।
नेपालको आर्थिक वृद्धि कमजोर हुनुमा निर्यातमा गिरावट, औद्योगिक क्षेत्रको गतिहीनता र न्यून उत्पादकत्व जस्ता चुनौती रहेका प्रतिवेदनको निष्कर्ष छ ।
हरेक पाँच वर्षमा तयार गर्ने ‘नेपाल स् राष्ट्रगत आर्थिक परिदृश्य’ ले प्रमुख क्षेत्रमा तीव्र आर्थिक वृद्धिको मार्गचित्र प्रदान गर्ने गर्छ । यसले नेपालको आर्थिक सम्भावना उजागर गर्न चार प्रमुख क्षेत्रमा नीतिगत सुधार सिफारिश गरेको छ । यसमा आप्रवासनबाट थप लाभ उठाउन सकिने उल्लेख छ । यस्तै निर्यात क्षमतामा सुधार, जलविद्युत् सम्भावना उपयोग र डिजिटल क्षेत्रको प्रवर्द्धन गर्न विश्व बैंकले सुझाव दिएको छ ।
News Desk 0 response सोमवार, चैत्र १०, २०८१

सम्बन्धित शीर्षकहरु
-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



