

-
काठमाडौं : आज मार्च २४ तारिख । हरेक वर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ ।
दिवसको यो वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । यो रोगका कारण नेपालमा हजारौं मानिस प्रभावित भइरहेका छन् । विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका हाम्रो साझा तथा सामूहिक संकल्पमा केन्द्र कटिबद्ध रहेको जनाएको छ ।
केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले जारी गरेको विज्ञप्तिमा क्षयरोग ९टीबी० विश्वभर लाखौँ मानिसलाई प्रभावित गर्ने सरुवा रोग भएको र नेपालमा यो जनस्वास्थ्य समस्याको रुपमा रहिआएको उल्लेख छ । सन् २०२३ मा विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा अनुमानित ६८ हजार नयाँ क्षयरोग प्रभावित व्यक्तिहरू थिए, जसको दर प्रति एक लाख जनसङ्ख्यामा २२९ रहेको थियो । त्यसैगरी क्षयरोगका कारण १६ हजारको मृत्यु भएको अनुमान गरिएको छ । जसको मृत्युदर प्रति एक लाख जनसङ्ख्यामा ५४ थियो ।
सोही अवधिमा, राष्ट्रिय क्षयरोग कार्यक्रमले ४० हजार ७७६ जना क्षयरोग प्रभावित व्यक्ति उपचारका लागि दर्ता गरेको थियो । त्यसमा ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष थिए । पत्ता लागेका औषधि प्रतिरोधी क्षयरोग प्रभावित व्यक्ति ७५६ जना थिए । उपचारका लागि दर्ता भएका मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग र २८ प्रतिशत फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोगी थिए । त्यसैगरी उपचार सफलता दर ९२ प्रतिशत छ । उल्लेखनीय प्रगतिका बावजुद, नेपालले अझै पनि क्षयरोग अन्त्यका लागि धेरै चुनौतीको सामना गरिरहेको केन्द्रले जनाएको छ ।
अनुमानित क्षयरोग प्रभावित व्यक्ति र उपचारको दायरामा आएका क्षयरोग प्रभावित व्यक्तिको सङ्ख्यामा ठूलो अन्तर छ । करिब ४० प्रतिशत अनुमानित क्षयरोग प्रभावित व्यक्तिलाई उपचारको दायरामा ल्याउन सकिएको छैन ।
News Desk 0 response सोमवार, चैत्र १०, २०८१

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



