

-
काठमाडौं : ११औँ नेपाल भौगर्भिक सम्मेलनमा ७५ वटा कार्यपत्र प्रस्तुत गरी छलफल भएको छ । चौध वटा सत्रमा प्रस्तुत भएका ७५ मध्ये ६० वटा नेपाली भूगर्भविद् र १५ वटा विदेशी भूगर्भविद्को कार्यपत्र रहेका नेपाल भौगर्भिक समाजले जनाएको छ ।
समाजले सोमवारदेखि काठमाण्डौमा आयोजना गरेको दुई दिने सम्मेलन हिजो समापन भएको हो । सम्मेलनमा जलवायु परिवर्तन अनुकूलन, प्राकृतिक स्रोतहरूको उपयोग र भू–जोखिम व्यवस्थापनमा भूगर्भ विज्ञानको भूमिकालाई उजागर गर्ने, भूगर्भ विज्ञानका क्षेत्रमा भएका नयाँ अनुसन्धान, प्रविधि र अनुभवको आदानप्रदान भएको समाजका अध्यक्ष चुर्णबहादुर ओलीले बताए ।
सम्मेलनमा प्रस्तुत भएका कार्यपत्रलाई राखेर यसैवर्ष जर्नल प्रकाशित गरिने भएको छ । जलवायु परिवर्तनका असर, प्राकृतिक स्रोत व्यवस्थापन, विपद् व्यवस्थापनसम्बन्धी ज्ञान आदानप्रदान गर्न सम्मेलनले सहयोग गरेको उनको भनाइ थियो ।
सम्मेलनमा अन्तर्राष्ट्रिय विशेषज्ञता आदानप्रदान, भौगर्भिक अनुसन्धानको प्रवर्द्धन तथा भूगर्भशास्त्रका नयाँ उपलब्धि र तिनको प्रयोगसम्बन्धमा विमर्श भएको अध्यक्ष ओलीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, चीन, भुटान, अमेरिका, क्यानडा, जर्मनी, नेदरल्यान्ड्स, स्वीट्जरल्यान्ड, इटाली, पोल्यान्ड, दक्षिण कोरिया, जापान, बङ्गलादेश र पाकिस्तानका भूगर्भविद्को सहभागिता रहेको थियो ।
सम्मेलनमा दुई सय जना भूगर्भविद् अन्य क्षेत्रका एक सय जना गरी तीन सयजना विज्ञको सहभागिता रहेको सम्मेलन संयोजक प्रा.डा.खुमनारायण पौडेलले जानकारी दिए । सम्मेलनमा हिमालय क्षेत्रको भूगर्भ विज्ञानबारे विचार आदानप्रदान भएको उनले जानकारी दिए ।
प्रस्तुत भएका अनुसन्धानपत्र र भूगर्भीय अध्ययन तथा अनुसन्धानबारे सम्मेलनमा विस्तृत छलफल भएको थियो । २०५६ देखि सम्मेलन हरेक दुई वर्षमा आयोजना हुँदै आएको छ ।
समाजले आयोजना गरेको ११औँ सम्मेलनमा टोनी हेगन मेमोरियल फाउन्डेसनको सहयोगमा पहिलो पटक टोनी हेगनमेमोरियल अवार्ड पनि वितरण गरिएको छ ।
यो अवार्ड यसवर्ष डा.विशालनाथ उप्रेतीलाई दिइएको हो । कार्यक्रममा डा.टोनी हेगनले पश्चिम नेपालमा गरेका भौगर्भिक अध्ययन, अनुसन्धानका विषय समेटिएको पुस्तक ‘जियोलोजिकल सर्वे अफ नेपाल भोलुम ३’ पनि सार्वजनिक गरिएको थियो ।
News Desk 0 response बुधबार, फाल्गुन २८, २०८१

सम्बन्धित शीर्षकहरु
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
‘वुल्कन’ रकेट प्रक्षेपण असफल, एमेजोनका ४० इन्टरनेट..
सोमवार, मंसिर १, २०८३ -
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३
-
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३


