• काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालल चार वटा विधेयक प्रमाणित गरेका छन् ।

    राष्ट्रिय सभामा दर्ता भई दुवै सदनबाट पारित भइसकेका विधेयक अध्याक्ष दाहालले सोमबार प्रमाणित गरेका हुन् ।

    अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकहरुलाई प्रमाणिकरणका लागि भोलि (मंगलबार) राष्ट्रपतिकहाँ पठाइने उनको सचिवालयले जनाएको छ ।

    दाहालले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, विद्युतीय व्यापार विधेयक, विधायन सम्बन्धी विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक प्रमाणित गरेका हुन् ।

    संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रिय सभा अध्यक्षले प्रमाणित गरि धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेश गर्नुपर्दछ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरिसकेपछि ऐनका रुपमा लागू हुन्छ ।