

-
काठमाडौं : नेपाल वायु सेवा निगमले एकै पटक तीन वटा विमान ग्राउन्डेड भएको घटना छानबिन गर्न समिति गठन गरेको छ । निगमले आज विज्ञप्ति निकालेर छानबिन र दोषी पाइएमा कारबाहीको सिफारिशसमेत गर्न कार्यकारी अध्यक्ष युवराज अधिकारीले समिति गठन गरेका जानकारी गराएको हो ।
यस्तै निगमले एक हप्तायता नियमित उडानमा गडबडी भएका कारण सयौं यात्रु अलपत्र परेको घटनामा क्षमायाचना गरेको छ । विज्ञप्तिमा यात्रुलाई अरू कम्पनीका विमानबाट समेत गन्तव्यमा पुर्याउने काम भइरहेको र टिकटको व्यवस्था नहुञ्जेल उचित होटलवासको व्यवस्था पनि गरेको उल्लेख छ ।
नेपाल वायु सेवा निगमले अहिले दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी गरी चार वटा विमानबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । विभिन्न देशका १० गन्तव्यमा उडान गर्ने निगमका ती चारमध्ये दुवै न्यारोबडी र एउटा वाइडबडी गरी तीन वटा जहाज एक हप्तादेखि ग्राउन्डेड भएका हुन् ।
माघमा फाइभ सी–चेकका लागि चीन पठाइएको सगरमाथा न्यारोबडी विमान भुक्तानी प्रक्रियाका कारण एक हप्तादेखि उतै रोकिएको छ । अर्को लुम्बिनी न्यारोबडी विमानलाई मर्मत गर्न भारत पठाउने तयारी भइरहेको जनाएको छ । काठमाडौंमा बिग्रिएर थन्किएको निगमको अन्नपूर्ण वाइडबडीका लागि बेलायतबाट स्पेअर पार्ट्स झिकाइएकोले चाँडै उडान शुरू हुने निगमले दाबी गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान कटौती हुँदा हवाई भाडा महँगो र टिकट नपाउने समस्या भएका बेला निगमका जहाज ग्राउन्डेड हुँदा विदेश जाने श्रमिकहरूले धेरै समस्या भोगिरहेका ट्राभल एजेन्सी तथा म्यानपावर व्यवसायीहरू बताउँछन् ।
गएको कात्तिकदेखि नै नेपालबाट सीधै गन्तव्य देश जाने टिकट नपाइने र पाइए पनि धेरै महँगो हुने भएपछि कैयौं नेपालीहरू भारत हुँदै श्रम गन्तव्यमा गइरहेका उनीहरूको भनाइ छ ।
News Desk 0 response बिहिबार, फाल्गुन १५, २०८१

सम्बन्धित शीर्षकहरु
-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



